Advertisement Banner
Advertisement Banner

२९ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

बुद्धधर्ममा श्रीलंकाको प्रशंसनीय सहयोग

०७ सोमबार , चैत्र २०७३१० बर्ष अगाडि

प्रधानमन्त्री पुष्पकमल दाहालसाग चैत २ गते नेपाल भ्रमणमा आएका श्रीलंकाका सेना प्रमुख क्रिसान्थे डिसिल्भाले शिष्टाचार भेट गरेका छन् । यस अवसरमा प्रम दाहालले ६० वर्षे सम्बन्ध सुमधुर रहेको बताए भने श्रीलंकाबाट सेना समायोजनबारे धेरै सिकेको र नेपालले पाउादै आएको श्रीलंकाको न्यानो सम्बन्धको प्रशंसा पनि गरे । भेटका अवसरमा श्रीलंकाका सेनापतिले नेपाल बुद्धको जन्मभूमि भएकाले श्रीलंकाका धेरै जनता यहाा आउन अति उत्सुक रहेको बताउादै आफूले पहिलो पटक सुन्दर देश नेपालको भ्रमण गर्ने अवसर पाएकोमा आभार प्रकट गरेका थिए ।