Advertisement Banner
Advertisement Banner

२९ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

तरवार बोकिन्छ, फिला चिरिन्छ

१४ सोमबार , चैत्र २०७३१० बर्ष अगाडि

   काठमाडौं ।  सर्वस्वसहित जन्मकैद पाएका पूर्व माओवादी नेता, पूर्वसांसद बालकृष्ण ढुंगेलले  प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर माफी दिलाउन गरेको अनुरोध सुनिएको हो, चैत १० गते यिनै वालकृष्ण ढुंगेल ओखलढुंगामा अभिनन्दित भएका छन् । उनले राजधानी, संसद, सरकार, सर्वोच्च र शीतल निवासलाई समेत हल्लाउने गरी भाषण ठोके– अझै पनि तरवार लिएर उठ्न नपरोस्, म कथित सर्बोच्च अदालतको आदेशमा आत्मसमर्पण गर्दिन बरु बलिदानका लागि तयार छु । म त्यस्तै आदेश मान्दिन, खारेज गरिदिन्छु ।
    म सर्बोच्च अदालतकी प्रधान न्यायायधिस शुसिला कार्कीको आदेश मान्न तयार छैन् । वारेण्टेड वालकृष्ण ढुंगेलको ओखलढुंगेली  तथा रामेछापेली जनताले नागरीक अभिनन्दन गरेका छन । ती जनता थिए कि माओवादी कार्यकर्ता ? स्पष्ट छैन । तथापि ओखलढुंगा र रामेछापका १७ सामुदायिक बिद्यालय, गैर सरकारी संस्था, आमा समुह राजनितिक दल तथा नागरिक अगुवाहरुले ढुंगेल निर्दोष भएका कारण उनलाई अभिनन्दन गरेको बताएका छन ।
    घटना २०५५ साल असार १० मा हत्या गरीएको उज्जन कुमार श्रेष्ठको अभियोग हो, जसमा सर्वोच्चले यिनलाई दण्ड फैसला सुनाएको हो । यी पूर्वसभासद, यिनले  सर्वोच्चका पूर्व न्यायायधीश कल्याणकुमार श्रेष्ठ, पूर्व प्रधानन्यायाधीश तथा सरकारप्रमुख खिलाराज रेग्मीलाई धम्की समेत दिएर भाषणवाजी गर्न भ्याए ।
    यही कार्यक्रममा उज्जनकुमार परिवारको जग्गा नेकपा माओवादी केन्ऽ, क्रन्तिकारी माओबादी र नेकपा रामेछाप र ओखलढुंगाले संयुक्त रुपमा जग्गा कब्जा गरेको घोषणा गरिएको थियो । वालकृष्ण ढुंगेलले परिआए तरवार बोकिन्छ, विरोधीको फिला चिरिन्छ भनेको सर्वत्र आलोच्य बनेको छ ।