Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

पूर्व राजासँग भएको सहमति खुलासा गर

०८ शुक्रबार , फाल्गुण २०७११२ बर्ष अगाडि

यो आह्वान हो मजफोका अध्यक्ष उपेन्द्र यादवको। नेपाली कांग्रेस र एमालेले पूर्वराजासँग गरेको सहमति खुलासा गर्नैपर्छ। गोप्य सहमति छ, त्यसको भण्डाफोर हुनैपर्छ। गणतन्त्र स्थापना, बेबी किङ, सेरेमोनियल किङको विषय कांग्रेस, एमालेले बेला बेलामा उठाउने गरेकाले गोप्य सहमति भएको बुझ्न सकिन्छ। एमालेका महासचिव हुँदा माधवकुमार नेपालले प्रधानमन्त्रीका लागि दरखास्त हाले, पछि दाम चढाएर ढोके, साठगाँठ प्रष्ट छ, उपेन्द्र यादवले भनेका छन्। के सहमति भएको थियो– ज्ञानेन्द्र शाहले खुलासा गर्नुपर्छ। इतिहासको वास्तविक घटना लुकाएर लुक्न सक्दैन। पूर्वराजाले प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुभकामना दिदा आफूसँग भएको सहमति कार्यान्वयन गर्न दलहरुलाई आग्रह गरेपछि नेपाली राजनीतिमा ९ रेक्टरको भूकम्प गएको छ।