Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

कांग्रेस, एमाले राजतन्त्र फर्काउन खोज्दैछन्

११ सोमबार , फाल्गुण २०७११२ बर्ष अगाडि

नुवाकोट पुगेका प्रचण्डले यस्तै आरोप लगाए शनिवार। उनको दावी छ: कांग्रेस, एमाले राजतन्त्र फर्काएर देशलाई पुरानै अवस्थामा फर्काउन खोजिरहेका छन्। फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्रले आफूसँग भएको सहमति कार्यान्वयन नगरेको भनेको विषयतिर लक्षित गर्दै प्रचण्डले ठूला हुँ भन्ने दलहरु बेबीकिङ बनाउन लागिपरेका छन्। उनीहरु परिवर्तन र प्राप्त उपलव्धिलाई संस्थागत गर्न चाहदैनन्। प्रचण्डले संविधानसभामा चालु प्रक्रियालाई भोटेचाल्चाको संज्ञा दिदै यही कारण संविधानसभामा जान नसकेको खुलासा गरे। र, प्रचण्डले यस्तै हो भने १९ दलको साथ लिएर समानान्तर संविधानसभा गठन गर्ने र सरकार समेत समानान्तर चलाउने धमास दिए। स्मरणीय छ, पहिले नै उपसभामुखलाई सभामुख मानेर समानान्तर संविधान चलाउने धम्की दिइसकेका छन् प्रचण्डले।