Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, श्रावण २०८३13th July 2026, 9:36:25 am

सेनाले एफएम चलाउँदा किन सातो जाने ?

०९ सोमबार , श्रावण २०७४९ बर्ष अगाडि

रोशन कार्की - 
अधिकारवादी, नागरिक समाज भनेर पार्टीका झोला बोक्नेहरु खगेन्द्र संग्रौला, युग पाठक, सीके लाल, राजेन्द्र महर्जन तथा सुदीप पाठक, कपिल श्रेष्ठ, कृष्ण पहाडी नेपाली सेनाले रेडियो चलाउन हुन्न भनेर हल्लीखल्ली गर्न थालेका छन् । जनताको, राष्ट्रको विषयमा जिब्रो तालुमा टाँस्ने र भित्री रुपमा डलरमा रमाउने व्यक्तिहरु नेपाली सेनाले रेडियो, एफएम चलाउँदा भुइँचालो जान्छ भन्ठान्नु आश्चर्यको विषय हो । काठमाडौं निजगड फास्टट्रय्राक सेनाले बनाउनु हुन्छ, राष्ट्रका लागि नमकको सोझो गर्न प्रतिवद्ध सेनाले सके रेडियोमात्र होइन, टीभी पनि चलाए हुन्छ । सेनाले चलाएको कुनै पनि सञ्चारमाध्यमले नेपालविरोधी, जनविरोधीलाई स्थान दिनेछैन । नेपालको जय, जनताको जय गर्नका लागि, आफ्ना सूचना प्रशारण गर्नका लागि चलाउने सञ्चारमाध्यमले राष्ट्रलाई हित हुन्छ, अहित हुँदैन । फेरि यिनको कोकोहोलो किन ? कतै यिनले खाईपाई आएको डलरको पाइपमा ठेडी जाकिन्छ भनेर डराएको त होइन ?
नेपाली सेना नै त्यस्तो खम्बा हो, जसले सुरक्षाको जिम्मेवारी उठाएको छ । विदेशी गीत गाउने, दूतावास छिरेर उनीहरुको भत्तेर खाने र उनीहरुले नेपालविरोधी कुरा गर्दासमेत डकार्दै सुनेर फर्कनेहरुले नेपाली सेनाको बिरोध गर्न कति सुहाउला ? डलर र भारुमा मस्ती गर्दै आएको समूहले सेनाविरोधी कुरा गर्नु सबैका लागि बुझ्न सकिने विषय बनेको छ ।
यिनको दावी छ, स्वतन्त्र मिडियासँग टकराव हुन्छ । कसरी हुन्छ टकराव ? नेपाली सेनाले राजनीति गर्दैन, राजनीतिमा सेनाको चस्का पनि देखिदैन । फेरि सेनाले रेडियो चलाउँदा राजनीति हुन्छ, टकराव हुन्छ भनेर कसलाई सुनाउन खोजेको हो ? देउवा र प्रचण्ड सत्तामा छन् भनेर उनीहरुलाई दबाब दिएर यिनले सेनाको कदम रोक्ने साहस त गरेका छन्, रोक्न सके भने त्यो मुलुकका लागि अर्को दुर्भाग्य हुनेछ । किनभने नेपाली सेना आफ्ना एजेन्डा विचार गरेर अघि सार्छ र सारेपछि पछि हट्नु यिनको विजय हुनेछ ।
हुन त यस विषयमा प्रचण्ड र देउवावीच छलफल भइसकको बताइन्छ तर देउवाले सेनाप्रति भरोसा राखेको र प्रचण्डले एस, नो थाहा नपाएको बताइदै छ । देउवाले प्रधानसेनापतिसँग यस वीचमा भेटवार्ता भएको तर रेडियोबारेमा कुरै नझिकेको स्रोतको दावी छ । जेहोस्, नेपाली सेनाप्रति जनताको भरोसा भएकाले सातो जान्छ भने राष्ट्रविरोधीहरुको मात्र जान्छ ।