Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

उपेन्द्र पनि उफ्रिए

१६ शनिबार , फाल्गुण २०७११२ बर्ष अगाडि

फागुन १६ गतेको ३० दलीय जनप्रदर्शनमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि खुब उफ्रिए। उनले प्रचण्डलाई उक्साए– जनता आन्दोलनका लागि तैयार छन्, खुट्टा कमाउनु पर्ने आवश्यकता छैन। वार्ताबाट मधेश एक प्रदेश बन्छ, लिम्बुवान र नेवाः प्रदेश बन्छ भने वार्ता गर्नुस्, नत्र वार्ता होइन, आन्दोलन चर्काउनुर्छ। मधेशमा आन्दोलन हुन्छ, बिद्रोहीले काठमाडौं कब्जा गरेर संविधान बनाउनेछन्। आन्दोलनले समावेशी संविधान बनाउने छ। उपेन्द्र यादवले फेरि पनि प्रचण्डलाई आग्रह गरे– प्रधानमन्त्री सुशील कोइराला सहमति कार्यान्वयन गर्न तैयार छन् कि छैनन्, सोध्नोस्। अवको विकल्प भनेको विद्रोहर क्रान्ति हो। माघ ११ को कदम फिर्ता हुन्न भने, कांग्रेस, एमाले सच्चिदैनन् भने मुक्ति आन्दोलन गर्नुपर्छ। मुक्तिका लागि जनता बलिदान दिन तैयार छन्। अवको संविधानमा समावेशी, समानुपातिक, स्वायत्तता र स्वशासनको सुनिश्चितता हुनैपर्छ।