Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

राजेन्द्रको राग

१६ शनिबार , फाल्गुण २०७११२ बर्ष अगाडि

सद्भावनाका चुनाव हरुवा राजेन्द्र महतोले खुलामञ्चबाट उक्साए– वार्ता हुन्छ भने गरिहालौं, हुन्न भने आन्दोलन चर्काएर ठिक पारौं। पहिलेका सहमति मान्दैन भने यो सरकारसँग किन वार्ता गर्ने? वार्ताको भाषा कांग्रेस, एमालेले बुझ्न छाडिसके। केपी ओलीको दिमाग उल्ट्याउन सकिदैन, केपी ओलीको इलाज डाक्टरले होइन, जनताले गर्नुपर्छ। महतोले प्रश्न गरे– यो देशमा २० हजार मानिस मरेको पुरानै संविधान बनाउने हो? मधेशमा ५३ जना सहित भएको अधिकार विहीन संविधान बनाउन हो? कहाँ गयो १२ बुँदे सम्झोता, शानित सम्झौता र सहमतिहरु? दुईतिहाईको बलमा संविधान बनाए त्यो जनतालाई मान्य हुनेछैन। सत्तापक्ष सच्चिदैन भने वार्ता फार्ता होइन, वारपारको लडाइ लडौं।
लठ्ठी होइन, बन्दुक उठाऔं यस्तै आह्वान गरे आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका प्रवक्ता ओम गुरुङले। तवमात्र पहिचान र अधिकारको रक्षा हुनेछ, उनको दावी थियो। उनले सगौरव घोषणा गरे– हामी बन्दुक पनि उठाउन तैयार छाैं। ओम गुरुङले प्रष्ट पारे– हाम्रा युवाहरुको दस्ता तैयार भइसक्यो। आवश्यक परे बन्दुक उठाउन तैयार छन्। सत्तापक्षको नियत, क्रियाकलाप हेर्दा आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिमलाई यथास्थितिवादतर्फ धकेल्न खोजिदैछ। आदिवासी बन्दुकसँगै जन्मेका हुन्, बन्दुकसँगै हुर्केका हुन्, बन्दुक उठाउन पछि पर्दैनन्। अधिकार माग्दा देश टुक्य्राउन खोजेको आरोप लगाउनु गलत हो।