Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

१६ गतेको फ्लप शो... : शाश्वत शर्मा

१८ सोमबार , फाल्गुण २०७११२ बर्ष अगाडि

गत फागुन १६ गते शनिवारका दिन प्रचण्ड संयोजक रहेको ३० दलीय मोचाृको कथित शक्ति प्रदर्शन मान्छेको उपस्थितिको हिसावले 'सफल' नै मानिएता पनि मुद्दाको, निकासको र नयाँ गन्तव्यको हिसावले कुरा गर्नु पर्दा एउटा 'फ्लप शो' को संज्ञा

दिन सकिन्छ। उही पुरानै कुराहरु, त्यस 'खबरदारी सभा'मा पनि दोहोर्‍याइए। नयाँ केही पनि थिएन। 'डेडलक' को स्थितिमा रहेको राजनीतिलाई अव अगाडि कसरी डोर्‍याउने भन्ने 'निकास' कसैबाट पनि निस्किएन। बरु सबैका मुखारविन्दबाट

सिंहदरवारको कुर्सीबाट टाढिनु परेको पीडा झल्किन्थ्यो। वास्तवमा फागुन १६ को त्यो खबरदारीसभा (प्रचण्डद्वारा त्यही सभामा दिइएको नाम) बहुप्रतिक्षित थियो। गत माघ ८ पछि नेपालीहरुले अरु कुनै दिनको प्रतिक्षा गरेका थिए भने, त्यो फागुन १६

कै गरेका थिएनन्। ...तर, हात्ती आयो, हात्ती आयो फुस्सा भनेझैं, सभाले कुनै ठोस मुद्दा उठाउन सकेन। त्योभन्दापनि अव गरिने भनिएको आन्दोलन (नयाँ संविधानका लागि?) को ढाँचा पनि ठोस रुपमा देखाउन सकेनन्।
खाली जिल्ला जिल्लामा आन्दोलन गर्ने भनेर 'झारा टार्ने' काम गरियो। धम्कीको भाषामा चेतावनी दिइयो। अव 'जबरजस्ती गरे हिंसात्मक आन्दोलन28 गर्ने भन्ने ध्वाँस त उहिल्यै देखिएकै हो। यो सबैलाई थाहा छ कि स्वयं प्रचण्डलाई पनि, अव

'हिंसात्मक आन्दोलन' सम्भव नै छैन भन्ने कुरा। सिर्फ सोझासाझा र अवसरबाट बन्चित भएर आवेशमा आइरहेका कायृकर्ताहरुलाई तताई राख्नकै लागि मात्र योकुरा उछालिएको भन्ने सबैलाई थाहा छ। अँ साँच्ची एउटा नयाँ कुरो चैं ल्याउनु भयो श्रीमान

प्रचण्डले। एमालेलाई कांग्रेसमा विलिन गरिदिए हुन्छ भन्ने नयाँ कुरा। उहाँको जिकरि थियो– पहिले पहिचान सहितको संघीयता मानेको एमाले, पहिला कार्यकारी राष्ट्रपति मानेको एमाले अव यी 'यी दुई'बाट विमुख भएर कांग्रेसकै सिद्धान्त (?) मा

मिसिन पुगेकाले अव एमालेलाई कांग्रेसमा विलिन गराइदिए हुन्छ– प्रचण्डको भनाई यही हो। फेरि पनि भन्नुपर्ने हुन्छ कि गत फागुन १६ को 'खबरदारीसभा' कुनै कलेजको युनियनको सभाजस्तै भयो। राष्ट्र जुरुक्कै उचाल्ने खालको सभा हुनसकेन।

राष्ट्रका गहन कुरा केही आएनन्। खालि गालीगलौज र धम्कीपूर्ण भाषा ओकलियो, यही हो शक्ति प्रदर्शन?
त, यसबाट प्रष्ट हुन्छ, श्रीमान प्रचण्डहरु 'पथभ्रट' भइसक्नु भएको छ। नीति र सिद्धान्तहरुबाट च्यूत भएको त उहिल्यै हो। यो तीस दलीय मोर्चामा अझ तीनवर्ष चारवर्ष जति कुर्सीबाट टाढा हुनुपर्ने 'दुःख' मात्र छ। ...त्यसकारण पनि गत फागुन १६ को

शक्ति प्रदर्शन भनौं वा खबरदारीसभा, त्यो वास्तवमा 'फ्लप शो' मात्र भयो। आँधी आउँछ भन्ने प्रचार थियो, हावामात्र चल्यो।