Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

नयाँ वर्षमा नयाँ सरकार, नयाँ संविधान

१८ सोमबार , फाल्गुण २०७११२ बर्ष अगाडि

कांग्रेसका केन्द्रीय सदस्य, सभासद भन्दा भारतीय मूड बुझ्ने नेताका रुपमा चिनिन्छन्: अमरेसकुमार सिंह। उनले घोषणा गरेका छन्– नयाँ वर्षमा नयाँ सरकार आउनेछ, नयाँ सरकारले नयाँ संविधान बनाउनेछ। फागुन १६ गते जनकपुर पुगेका

सिंहले सुशील सरकार बाध्य भएर राजीनामा दिनेछ र सहमतीय सरकार र सहमतीय संविधानको निकास निस्कनेछ। उनले गजबको कुरा गरिदिए– सत्तापक्षसँग दुई तिहाई बहुमत नै छैन। पहिले थियो, त्यो बिग्रिसक्यो। दुईतिहाई नपुगेरै बहुमतीय

प्रक्रिया सुरु नभएको हो। र, सिंहले संघीयतामा खिचलो चार दलका चार नेताका कारण निस्केको दावी गर्दै ती कलपिट को हुन् भन्ने सन्दर्भमा स्पष्ट पारे– एमालेका अध्यक्ष केपी ओली, भीमबहादुर रावल, कांग्रेसका कृष्णप्रसाद सिटौला र बरिष्ठ नेता

शेरबहादुर देउवाका व्यक्तिगत स्वार्थका कारण संघीयता धरापमा परेको हो। संघीयता धरापमा परेपछि संविधानसभा र संविधान धरापमा पर्नु स्वभाविकै हो।
सिंहको आरोप छ: मधेशका ५ जिल्ला कैलाली, कञ्चनपुर, सुनसरी, मोरङ र झापामा जलस्रोत र प्राकृतिक सम्दा भरपूर भएकाले मधेशका जनता लाभान्वीत हुनेछन् भनेर यी चार नेताले ती जिल्लाहरु मधेशमा नरहुन् भन्ने चाहेका छन्। यही षडयन्त्र

संविधान निर्माणमा सबैभन्दा ठूलो समस्याका रुपमा खडा रहेको छ। मधेशलाई जलशक्तिबाट बन्चित गर्ने योजना छ ती नेताहरुको। संघीयतामा जाने हो भने ती ५ जिल्ला मधेशमा हुनुहुन्न भन्ने उनीहरुको षडयन्त्र हो। भन्नलाई अमरेशकुमार सिंहले यो

खुलासा त गरे तर कांग्रेस पार्टीभित्रै यिनले यी कुराहरु किन राख्न सकेनन्, यो आश्चर्यको विषय छ। भारतको काखमा हुर्केका यी सिंह मधेशीलाई उचाल्न निकै माहिर भएर निस्किन थालेछन्।