Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

डा. कर्ण सिंह जब क्रुद्ध भए

२५ सोमबार , फाल्गुण २०७११२ बर्ष अगाडि

के छ नेपालको हालचाल? बाहिरबाट आएका डा. कर्ण सिंहले सोध्नुभयो। सबै भताभुंग पारेर हामीलाई के सोध्नुभएको? मैले प्याच्च भनें। नेपालका नेता ज्यादै खराब र बेइमान रहेछन्! म त हैरान छु! डा. सिंहका कुरा सुनेर जिल्ल पर्दै मैले अपमानित पनि भएको अनुभव गरें।  नेपालका राजाबाट मरिसकेको संसद् ब्युँताउने, बिनानिर्वाचन ८० जनालाई सांसद बनाउने र बेकम्मा भएर खेदिएको व्यक्तिलाई प्रधानमन्त्रीको टीको लाउने तर अन्त्यमा सबै सहयोग गर्ने राजालाई अपदस्थ गरी सडकमा ल्याउने काम भयो। संयुक्त आन्दोलन र बाह्रबुँदेमा हिन्दु राज्यलाई क्रिश्चियन र मुसलमानलाई बेचेर खाएपछि कांग्रेस, एमाले, एमाओवादी, राप्रपा पनि तराईका नेता जस्तै राष्ट्रघाती र बेइमान रहेछन् भन्ने आरोप डा. सिंहको थियो।  
मित्रराष्ट्रको त्यत्रो ठूलो व्यक्तित्वका अगाडि भएको सहमतिअनुसार राजाबाट अवैधानिक काम गराई मरेको संसद् ब्युँताए, सरकार बनाएँ, तर अन्त्यमा त्यहाँ सहमति नै भएन भनी गैरजिम्मेवार र निर्लज्ज तरिकाबाट बक्न थालेका छन्। डा. सिहले सत्य उद्घाटन गरिदिए भने काठमाडौंका दोग्लाको कस्तो दुर्दशा होला? मसँग १० वर्षअघि डा. सिंहले भनेका शब्द मैले कतै उल्लेख गरिनँ तर अहिले ज्ञानेन्द्र शाहले गएको फागुन ७ गते डा. सिंहको मध्यस्थतामा नेपालका राजा र कांग्रेस, एमाले, एमाओवादी नेताहरु बीच २०६३ वैशाख ११ गते राति भएको सहमति बेइमानीपूर्वक तोडिएकोमा डा. कर्ण सिंह त्यतिबेला क्रुद्ध हुनुहुन्थ्यो र आफूलाई दुरुपयोग गरेकोमा आक्रोशित भएको पाइयो। ..नेपाली जनता राष्ट्रको अधीनता (सुजेरेन्टी) कायम गर्ने बेलायतको जस्तो हैसियत पुनर्स्थापना गर्न जसरी पनि राजतन्त्र फिर्ता चाहन्छन्। आफ्नो धर्म संस्कृतिका लागि मात्र होइन, ९० प्रतिशत नेपालीको आस्थाको र212ा गर्न जस्तोसुकै बलिदान गर्न तयार छन्।            – प्रेम कैदी, पत्रकार