Advertisement Banner
Advertisement Banner

२८ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

विजय सकियो अजय

०८ सोमबार , माघ २०७४९ बर्ष अगाडि

काठमाडौं । अजय सुमार्गीको आश्चर्यलाग्दो सम्पत्तिका बारेमा भित्रभित्रै अनुसन्धान भइरहेको खबर छ । अजय सुमार्गीको कालोधन नबच्ने भो भनेर सरकार निकटका व्यक्तिहरु भन्न थालेका छन् । यद्यपि अजय सुमार्गीले पत्रकारका सामु उभिएर आफूले कानुनी बाटोबाटै विदेशी लगानी भित्र्याएको दावी गर्न थालेका छन् । यसैवीच अर्थराज्यमन्त्री उदयशमशेर राणाले नै पत्रकारसामु उपस्थिति भएर अर्थ मन्त्रालयले पहिलो चरणको अनुसन्धान सम्पन्न गरेर दोस्रो चरणको छानबिनका लागि अन्तराष्ट्रिय संस्थासँग समन्वय गर्न लागेको जानकारी सार्वजनिक गरेका छन् ।
अजय सुमार्गीले विदेशबाट अवैध रुपमा नेपालमा पैसा ल्याएको भन्ने विषयमा नेपालमा मात्रै अनुशन्धान गरेर सबै कुरा थाहा पाउन नसक्ने भएकाले विदेशीसँगसमेत सम्पर्क सुरु भएको भनेपछि अजय सुमार्गी एण्ड कम्पनीको सातो उड्न थालेको बताइन्छ ।
सुमागीले स्रोत नखुलेको अरवौं सम्पत्ति कसरी भित्र्याए, अझै मोटो रकम नेपाल भित्र्याउन खोजेको आरोपका बारेमा मन्त्री नै अगाडि आएको यो पहिलो घटना हो ।