Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

राजतन्त्रले टाउको उठाउला

०९ सोमबार , चैत्र २०७११२ बर्ष अगाडि

राजाका पाउमा दाम राखेर ढोग्ने र प्रधानमन्त्री माँग्ने अवसरीवादी नेता माधवकुमार नेपाल त्यही राजतन्त्र आउला है भनेर तर्साउन थालेका छन्। चैत ७ गते नेपालले भाषण गरे– 'जोगी सडकमा आउन सक्छन्, राजतन्त्रले टाउको उठाउन सक्छ।'

माधव नेपालले यसो भन्दै हाउगुजी देखाए– गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी सिद्धान्तलगायतका एजेन्डाको रक्षा गर्न विपक्षी नेताहरुले समेत सोच्नेपर्ने बेला हो यो। संविधान बन्न जति ढिला भयो खरानी घसेर जोगीहरु हिन्दूराष्ट्र चाहियो भन्दै

सडकमा आउन सक्ने खतरा देखाएका हुन्। माधवकुमार नेपाललाई किन राजतन्त्रको डर लागेको होला? प्रश्न उठेको छ। सौ मसा खाकर बिल्ली चली हजको भनेको यही हो। माधव नेपाल कुन कोटीका नेता हुन्, अरुलाई भन्दा एमालेभित्रै बढी चर्चा

छ। देशको चिन्ता त उनलाई छँदैछैन, उनले आफ्नै अस्तित्वको बढी चिन्ता गर्दा बेश हुने सुझाव छ एमालेपंक्तिको।