Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

स्थानीय निर्वाचन भारतले रोक्यो

०९ सोमबार , चैत्र २०७११२ बर्ष अगाडि

भक्तपुर। स्थानीय निर्वाचन गर्ने सहमति चुनाव अघि नै भएको थियो तर भारतको आदेशमा स्थानीय निकायको निर्वाचन नभएको हो। किन भारतले रोकेको होला भन्ने प्रश्नमा स्पष्ट वक्ता नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको आरोप छ– स्थानीय

निकायको चुनाव भएको भए संघीयतामा निकै अप्ठेरो पर्नेछ भन्ने भारतको ठम्याइ थियो, त्यही कारण भारतले निर्वाचन गर्न नदिएको हो। बिजुक्छेले सभाध्यक्ष सुवास नेम्वाङ मर्यादामा बस्न नसकेको आरोप पनि लगाएका छन्। संविधानसभालाई

माइनस गर्नेगरी मै संविधान बनाइदिन्छु भन्नु अथवा राजनीतिक सहमतिका लागि सहजकर्ता बन्न नसक्नेले स्वतन्त्र भूमिका बिर्सेर राजनीतिक नेताले झैं सार्वजनिक रुपमा मर्यादा विपरित अभिव्यक्ति दिनु पनि गलत हो। उनले एमाओवादीको मोर्चाले

विरोध गर्नु प्रजातन्त्रको सौन्दर्य भएता पनि गाउा गाउामा विचार आन्दोलन गर्न नसक्नुले समस्या झन बढेर गएको बताए।