Advertisement Banner
Advertisement Banner

३२ बिहिबार, असार २०८३13th July 2026, 9:36:25 am

जात फरक होला, रगत त रातै हुन्छ

१४ सोमबार , श्रावण २०७५८ बर्ष अगाडि

पदम हमाल -
तितो सत्य के हो भने ब्लड बैंक मात्र यस्तो ठाउँ हो, जहाँ कसैले पनि सोध्दैन कि यो रगत हिन्दू, किरात, बौद्ध, मुस्लिम, इसाई, वहाई र शिख कुन धर्म मान्ने मानिसको हो ? बिरामी मान्छे मान्छेको रगतबाट बच्छ, फेरि पनि हाम्रो समाज जातपात, धर्म, जाति, भाषा, भेषका आधारमा झगडा गरिरहन्छ ।
रगत चाहिएको बेलामा, आफू वा आफन्त बचाउनु पर्ने आपातकालीन समयमा कसैले सोध्दैनन्–  यो रगत धनी, गरीब वा महिला, पुरुष वा ब्रामण, छेत्री, किराती, मधेसी, जैन, मुसलमान, बुद्धिस्ट वा दलित कसको हो ?
तसर्थ आबश्यक्ता पर्दा सबै चिज स्विकार्य हुने र अरु बेला जात, धर्म र औकातका कुरामा लफडाबाजी गर्नु भन्दा पहिला सबैले सोच बदलौ अनि समाजका साथै राष्ट्र आफै बदलिनेछ । शान्ति र सुशासनको जग हाम्रो सोच हो, जबसम्म सोचमा बिकृतिका किटाणु सलबलाई रहन्छ, तवसम्म न मान्छे मान्छे बन्न सक्छ, न मान्छेले घर, परिवार, समाज, देश बनाउन नै सक्छ ।
मान्छेको जात जे सुकै होस्, रगत त सबैको रातै हुन्छ । रगत जीवन हो, रगत ईश्वरको सुन्दर सिर्जना हो । रगतभन्दा पर अन्धकार छ । रातो क्रान्तिको प्रतिक हुनसक्छ, तर रातो रगत दीगो शान्तिको, सुखानुभूतिको प्रतिक पनि हो ।
रगत लिएर सम्पन्नता, शक्ति, सत्ता प्राप्त होला, तर मनमा सधैं एक प्रकारको आत्मग्लानी भइरहन्छ । कसैको जीवनरक्षाका लागि रगत दिनु भनेको आत्मशान्ति, आश्चर्यलाग्दो सन्तुष्टि प्राप्त हुन्छ । यथार्थमा मान्छेले मान्छेको मन जित्नुभन्दा ठूलो जीत अरु छैन । यो सब हामी देखिरहेछौं, भोगिरहेछौं ।