Advertisement Banner
Advertisement Banner

२७ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

अव गाई काण्ड

०८ सोमबार , आश्विन २०७५८ बर्ष अगाडि

काठमाडौं । दुधको नहर बगाउन गण्डकी प्रदेशले चीनबाट उन्नत जातका १० हजार गाई ल्याउने तैयारी गरेको छ । सरकार भन्छ– यसपछि दुधको परनिर्भरता हट्छ, प्रदेश दुधमय बन्छ ।
भर्खर गण्डकी प्रदेशमा रेडलाइट इलाका तोकेर बेश्यावृत्तिलाई करको दायरामा ल्याउने प्रस्ताव गर्दा देशैभरिबाट खप्की खाएकामात्र होइनन्, राजीनामासमेत माँगेको विषयमा पीडाबोध गरिरहेका मुख्यमन्त्रीले अव चीनबाट गाई ल्याएर प्रदेशलाई दूधमय, सेताम्मे बनाउने सपना त देखे, कतै यो गाई
 खाने मुद्दा
उछालिरहेका कम्युनिष्टहरुको चालबाजी त होइन ? यद्यपि गण्डकी प्रदेशले नमूना फार्म निर्माणको खाका तैयार गरेको छ र यसमा चीनको एग्रीकल्चर एकेडेमीले सहयोग गर्ने भएको छ । निजी सहकारी साझेदारीमा यो फार्म सञ्चालन हुनेछ । फार्म सरकारे नै चलाउने छ, किसानलाई गाई बितरण गरिनेछैन । सरकारले चलाएको कुनै पनि योजना सफल नभएको सन्दर्भमा गाई पालन र दूध उत्पादन सफल होला र ?
पञ्चायतमा गाई काण्ड नै भएको थियो । नेपाल सरकारले चलाएको डीडीसीके दूधमा त भ्रष्टाचारको कालो मिसिएको भेटिएका छन् । प्रदेश सरकारले प्रदेशलाई दूधमय बनाउने योजना कतै अर्को भ्रष्टाचार काण्डमा परिणत नहोस् । यसबारे सचेत हुन थरुरी छ ।