Advertisement Banner
Advertisement Banner

२७ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

नागरिकताको बजार खोल्ने ?

२२ सोमबार , आश्विन २०७५८ बर्ष अगाडि

अधिवक्ता गंगा दाहाल -
२ नम्बर प्रदेशले नागरिकता बितरण गर्ने योजना बनाएछ । नेपालीलाई नागरिकता दिनुपर्छ, सबैले नागरिकता पाउनुपर्छ । अनागरिकले नागरिकता पाउने बन्दोबस्त गर्न नागरिकता वितरण अभियान चलाउन लागेको हो भने प्रदेश सरकारमाथि केन्द्र सरकारले हस्तक्षेप गर्नुपर्छ, यो राष्ट्रिय मामिला हो ।
राष्ट्रियता आलु भ्याण्टा होइन । नेपाललाई नागरिकता किन्न पाइने सस्तो तरकारी बजार बनाउनु भएन । पहिले जनमत संग्रहका नाममा नागरिकता बितरण गरियो । ०४६ सालको आन्दोलन सफल भएपछि पनि नागरिकता बितरण भएकै हो । जनआन्दोलनपछि २२ लाख नागरिकता बितरण भएको खबर छापिने गरेका छन् । अव २ नम्बर प्रदेशमा मुख्य मन्त्री असोज ३ गते कालो संविधान भनेर नारा लगाउँदै सडक मार्च गर्ने अनि उनी पदमा बसेरै नागरिकता बितरण गर्न खोज्ने, यतिमात्र होइन, सीके राउतले जनकपुरमा मधेश अलग देश हो, नयाँ देश हो भनेर जुलुस निकाल्दा थपडी बजाउने र संविधानमा आगो झोस्दा स्यावास गर्ने व्यक्ति कसरी पदमा बसिरहेका छन् । यसरी संविधानको कार्यान्वयन हुन्छ कि संविधानमाथि बलात्कार हुन्छ ? त्यसै पनि नेपाल बलात्कारपछि हत्या, हिंसाको मुलुक भइसक्यो, न्याय नपाइने देश भनेर प्रचार भइरहेको छ । त्यसमाथि नागरिकता सहजै पाइने मुलुकमा दर्ज हुनु भनेको संविधान असफल हुनु हो ।
संविधान असफल हुँदा देश अस्थिर हुन्छ, अराजक हुन्छ । समृद्धि र सुशासन झन टाढा पुग्छ । राजनीतिक क्रान्ति समाप्त भयो, अव आर्थिक क्रान्ति भन्ने जुन नारा राजनीतिक दलहरुले लगाएका थिए, यसलाई शिद्ध गर्न राष्ट्रवाद कमजोर हुन दिनुहुन्न । प्रत्येकले नागरिकता पाउन्, ३ जनाले साक्षी बस्दैमा धमाधम नागरिकता वितरण गर्ने कार्यले राष्ट्रिय संकट निम्त्याउन सक्छ, हेक्का राखौं ।
जो नेपालमा जन्मे, ती नेपालीका सन्तान हुन् । बिना झन्झट तिनले नागरिकता पाउनुपर्छ । यसमा विवाद छैन । खुला सिमानाको लाभ उठाएर नेपालतिर घुम्न, तरकारी बेच्न, खाली शिशी पुराना कागज अथवा कवाडी उठाउन आउनेले सहजै नेपाली नागरिकता पाउनु भनेको सरकारको कमजोरी हो । नागरिकताको सवाल नेपालका लागि गहन विषय हो । तीन करोडको नेपालमा १ सय ३० करोडको भारतीय अथवा विश्वका अन्य मुलुकका अपराधिक मनोबृत्ति सहजै आउने, बस्ने र नागरिकता पाउने हो भने नेपाल कहिले पनि सुस्थिर हुनसक्दैन ।
संविधान छ, नियम कानुन छ  नियम कानुन कडा हुनुपर्छ । नागरिकताका सवलामा त झन कडा हुनुपर्छ । जुनसुकै आप्रवासीलाई नागरिकता बितरण गर्न थाल्यो भने नेपाल त केही वर्षमै जय नेपाल हुनजानेछ । सबै सचेत हुनुपर्‍यो ।