Advertisement Banner
Advertisement Banner

३२ बिहिबार, असार २०८३13th July 2026, 9:36:25 am

अख्तियारको हट सिटमा नविन

२२ सोमबार , आश्विन २०७५८ बर्ष अगाडि

पदम हमाल -
अख्तियार प्रमुख नविन कुमार घिमिरे अख्तियारको हट सिटमा छन् । नाम नविन छ, नविन केही गरिहाल्लान कि ? तर उनको पहिलो अभिव्यक्ति निराशाजनक लाग्यो । भ्रष्टहरुलाई कारवाही गर्ने हो भने प्रशासन नै खाली हुन्छरे । त्यसो भए भ्रष्टाचार गर्न छुट भने भइहाल्यो नि त ?
खाली हुन्छ भने हुन्छ, खाली ठाउँमा युवाहरुको कमी छैन, अवसर नपाएर विदेश भागिरहेका छन् । तिनले चलाउन सक्छन्, देशको मायाँ गर्ने, भ्रष्टाचारलाई घृणा गर्ने युवाको कमी छैन ।
अलिकति आलोचनाले छोएछ कि के हो, अख्तियार प्रमुखले दुई थान वाइडबडी जहाज खरिद प्रक्रियाको फाइल हेर्न थालेछन् । महालेखा परीक्षकले रिपोर्ट दिएको लामो समयपछि जहाज भ्रष्टाचारकाण्डको फाइल खोलियो । ६ अर्वको घोटाला काण्ड हो यो फाइल, यसमा विशेष अनुसन्धान गर्ने हो भने मन्त्री, सचिव, नेपाल एयरका सञ्चालक धेरैको जागीर चेट हुने सम्भाबना छ । सवाल तिनको जागीरको होइन, सवाल सुशासनको हो । भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको हो ।
अख्तियार प्रमुख नवीन कुमार घिमिरे भन्ने हिम्मत गरेका छन्– ‘वाइडबडी जहाज खरिदमा भएको अनियमितामाथि छानविन सुरु गरिसक्यौं, भ्रष्टाचारमा संलग्न जो–कोहीलाई कारवाहीको दायरामा ल्याउँछौं ।’
नेपालमा शासन वा प्रशासन जे भने पनि भ्रष्टाचारमात्र छ । भ्रष्टाचारको ऐंजेरुले देशलाई खोक्रो पार्दै लगेको छ । त्यसमाथि खर्चालु संघीयताले त चौपट नै पार्न थालिसकेको छ । नवीन कुमार घिमिरेले सरकारको हनुमान बनेको अख्तियारलाई संवैधानिक अंगको मर्यादा र इज्जतमा उठाउँछन् कि ? यति गरे भने अख्तियार भ्रष्टहरुको साता लिन सक्नेछ र सुशासनमा बल मिल्नेछ । नवीन कुमारले देशका लागि गर्ने योगदान र देशभक्ति पनि यही हुनेछ ।