Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

अनुपराज शर्माको राजीनामा?

२३ सोमबार , चैत्र २०७११२ बर्ष अगाडि

अनुपराज शर्मा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष हुन्। उनले दण्डहीनताको अन्त र मानवाधिकारको प्रवर्द्धन गर्न आयोगका सिफारिस कार्यान्वयन गर्न असहयोगगरे पदबाट राजीनामा दिने चेतावनी सार्वजनिक गरेका छन्। यस्ता चेतावनीलाई

टेरपुच्छर नलगाउने सुशील सरकारले अनुपराज शर्माको कुरा सुन्छ भन्न सकिने कुनै आधार छैनन्। एकजना डा.गोविन्द केसीले विवेक देखाए, अव विवेक देखाउने पालो अनुपराज शर्मामो आएजस्तो छ। पदका लागि मरिहत्ते गर्ने र पद पाएपछि

बाँचियो भन्ठान्ने प्रवृत्ति विकास भइरहेको अवस्थामा अनुपराज शर्माले विवेक देखाइदिए भने सत्ता र शक्तिका लागि सिण्डिकेटकरण गर्ने राजनीतिमा अर्को भूकम्पको जोडदार धक्का जाने थियो र समाज सुधार र सरकारमा सुशासनका शुद्धिकरण गर्न

वातावरण बन्दैजाने थियो। अनुपराज शर्माको विवेक र अठोट: देशका लागि देखिएला त? देखिए विवेक देखाउने प्रतिस्पर्धा सुरु हुन्थ्यो होला।