Advertisement Banner
Advertisement Banner

२७ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

राजदूतको मानव तस्करी

०२ सोमबार , पौष २०७५८ बर्ष अगाडि

काठमाडौं । लक्की शेर्पा अर्थात अष्ट्रेलियाका लागि नेपाली राजदूत । यिनी मानव तस्करीमा मुछिएपछि स्पष्ट पार्न काठमाडौं आएकी छिन् र यिनीमाथि छानबिन सुरु भएको छ ।
नेताले आफ्ना निकटलाई, ब्रिफकेस हेरेर राजदूत नियुक्ती गर्ने परम्परा कायमै छ । नेताहरुले लक्की शेर्पाबाट, लक्कलीले वाङ्छुबाट र वाङ्छुले सोझा युवाबाट पैसा लिने प्रकृया नै राजदूत छनौटको कारण हो र यस्तो कारणको मुहान बन्द भएको छैन, अनि मानव तस्करी, रातोपास पोर्ट बेच्ने, नेताजीहरु विदेश गएका बेलामा मार्केटिङ गराइदिने काम राजदूतको हुनेगरेको छ । राजदूत देशको हुनुपर्ने, नेताको दूत बनेपछि हुने मानव तस्करी नै हो ।
सरकार युवा निकासी गर्ने, राजदूत बनेकाहरु पनि मान्छे विदेश लगेर पैसा अशुल्ने । राजनीति तिल्के मारवाडीको धन्दा बनेको छ । के आश्चर्य मान्नु ?
छानबिन गर्ने नै हो भने कुन कुन नेताहरुले कसकसलाई न्यायाधीश बनाए, संवैधानिक अंगमा कसकसलाई के कसरी नियुक्त गरे, कति राजदूत ब्रिफकेस कसकसलाई चढाएर कसकसको कोटामा राजदूत बने भनेर नेताजीको छानबिन गर्ने हो भने त्यो पोष्टमार्टमको रिपोर्टले देश कंगाल हुनुको कारण बताउने छ ।
हिम्मत भए चप्पल छापे नेताहरु ३० वर्षमा कसरी अर्वपति बने त्यसको कारण जान्न नेताजीहरुको सम्पत्ति छानबिन गर्नुपर्छ । राजनीति गर्नेहरु अर्वपति, राजनीति सुन तस्करी, वन्यजन्तु तस्करी भन्दा कहाँ कम्तिको भयो र ?