Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

चम्पादेवी चम्किइन्

३० सोमबार , चैत्र २०७११२ बर्ष अगाडि

बामदेवको धाँधली हार्‍यो, चम्पादेवी खड्का जितिन्। जितेपछि राजनीतिमा चम्केकी चम्पाले भनिन्– श्रीमानको सपना पूरा गर्छु, जनताको लागि काम गर्छु। चम्पाले बागलुङको उपनिर्वाचनमा १७ हजार १ सय ५४ मत ल्याएर बिजय पाएकी हुन्।

बामदेव गौतमले ०५१ सालकै जस्तो धाँधली गरेर एमालेलाई जिताउने प्रयास गरेका हुन् तर श्रीमान हरिबहादुर खड्का गुमाएकी चम्पाले पाएको सहानुभूतिमतका सामु गृहमन्त्रीको धाँधली चल्न सकेन। एमाले उमेदवार मन केसीले १५ हजार ६८ मत पाएकी छिन्। आफ्ना श्रीमान बागलुङमा बिरामी हुँदा हेलिकोप्टर उपलव्ध नगराएको र बेलैमा उपचार नपाएर श्रीमानको मृत्यु भएकोमा बिह्वल भएर उनले भनेकी थिइन्– सुशील सरकार, कांग्रेसका ठूला नेता ज्यानमारा हुन्, अपराधी हुन्। आज त्यही कांग्रेसले उनलाई टिकट दियो, चुनावमा साथ दियो र कांग्रेसको सभासद बनेकी छिन् चम्पादेवी खड्का।