Advertisement Banner
Advertisement Banner

२६ सोमबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

मुसो मार्न नसक्ने सरकार

३० सोमबार , पौष २०७५८ बर्ष अगाडि

प्रेमसागर पौडेल– लोकतन्त्र र प्रजातन्त्रका लागि १४ वर्ष जेलनेल भोगेका दुई तिहाईको सरकारका मुख्य नायक ओली आम जनताका प्रश्नसँग डराउँछन् । सरकारको आलोचना सुन्नै सक्दैनन् । सरकार विरुद्धको आवाज पराजित गर्न आफ्ना कार्यकतालाई अरिंगाल जसरी आक्रमणमा उत्रन निर्देशन दिन्छन् ।
यातायात क्षेत्रको सिन्डिकेट, ३३ किलो सुन प्रकरण, डा गोविन्द केसीको आन्दोलनमा सरकारी रवैया, निर्मला पन्त हत्याकाण्डमा सरकारको असफलता, निर्माण कार्यमा भएको ढिलाई, वाइडबडी काण्ड, कर्मचारी समायोजनका मुद्दा, रेशम चौधरीको सपथ ग्रहण, एसिया प्यासफिक समिटलगायतका अनेकौं सवाल सरकारसामु तेर्सिए । बाघ मार्न हिँडेजस्तो देखिने दुई तिहाइको सरकार मुसो मार्न पनि असक्षमजस्तो देखिन थालेको छ ।