Advertisement Banner
Advertisement Banner

२६ सोमबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

पृथ्वीनारायण जयन्तीको सेरोफेरोमा

३० सोमबार , पौष २०७५८ बर्ष अगाडि

बुद्धिनारायण श्रेष्ठ -
दक्षिणीे मुख्य–मुख्य नाकामा किल्ला बनाई निगरानी राख्र्नुपर्छ भन्ने पृथ्वी नारायणकोे उक्तिलाई रणनीतिका रुपमा अवलम्वन गर्दै नेपाल–भारत सीमा नियमन गरिएको भए आज अपराधी आतंककारीले एकातर्फ अपराध गरेर लुसुक्क अर्को देश पसी सीमावर्ती क्षेत्रका दुर्वैतर्फका जनताको शान्ति सुरक्षामा खलल पु¥याउन सक्ने थिएनन् । लागुपदार्थ तथा भारतीय नक्कली नोट सीमापार गर्न गराउन सक्ने थिएनन् । मालसामान तस्करी हुन बन्द हुने थियो । चेलिबेटी बेचविखन रोकिने थियो । 
‘यो राजे द ुइ ढुं गाको तरुल जस्तो रहेछ, त्यसैले दुवै छिमेकीसँग घाहा (मित्रता) राख्नु’ भन्ने पृथ्वीनारायणको भनाइ विर्सनाको कारण नेपालको र्सार्वभौमिकता रहेको भूभाग लिपुलेकबाट व्यापार वाणिज्य अभिवृद्धि गर्ने आपसी सम्झौता गर्दा भारत र चीनले नेपाललाई थाहै नदिइ २०१५ मे १५ मा गरे । पृथ्वीनारायणको विचार अवलम्वन नगरी भारत र चीनलाई नेपालले समसामिप्य र विस्वासमा राख्न नसकेका कारण भौगोलिक अखण्डतामा आँच आएको मान्न सकिन्छ  ।