Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

यी प्रधानमन्त्रीको नालायकी

३० सोमबार , चैत्र २०७११२ बर्ष अगाडि

भोकाएका साना साना छोराछोरीलाई खान दिने खाद्यान्न नपाएपछि आमाले के गर्छिन्? आगो बाल्छिन् र ढुंगा पकाउाछिन्। छोराछोरी रुन्छन्, आमा भन्छिन्– पाक्दैछ, पख न पाकेपछि खाउलाउ। छोराछोरी आमाले पकाएको कहिले पाक्ला र देलिन्, खान पाइएला भनेर आगेनो वरिपरि कुरिरहन्छन्।  राजनीतिका आमाहरु संविधानसभा छाडेर सडकमा उत्रिएका छन्। बाबु बनेका प्रधानमन्त्री सुशील कोइराला सहमति पकाइरहेका छन्। ९ वर्षदेखि नेताहरुले पकाएको यो ढुंगो सहमति पाक्नेवाला छैन। किनकि ढुंगो पाक्दैन। आआफ्ना स्वार्थको ढुंगो पकाउन व्यस्त छन् नेताहरु। नेताहरुले जनताको आमा बन्न सकेनन्, सरकारले जनताको बाबुको रुपमा संरक्षण गर्न सकेनन्। यिनीहरु आफ्नै स्वार्थमा लिप्त छन्, स्वार्थीले देश देख्दैन।

यसैगरी सहमतिको ढुंगो पकाइरहन्छ, पकाईरहन्छ र जनतालाई भ्रमित पारिरहन्छ।