Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

सुजाता र शेखर हेरेको हेर्‍यै

०७ सोमबार , बैशाख २०७२११ बर्ष अगाडि

सुशील कोइरालापछि कांग्रेसको नेतृत्व कसले गर्ने? यो प्रश्नमा रामचन्द्र पौडेल र शेरबहादुर देउवा फुकी फुकी कदम चालिरहेका छन्। सशांक र शेखर कोइराला निकै कान्छा कांग्रेस हुन्। तिनको हाइट पार्टी हाँक्ने पदीय स्तरमा देखिदैन। यही कारण सभापति सुशील कोइरालाले आगामी पार्टी महाधिवेशनबाट पार्टी नेतृत्वमा कोइराला बंशकै हालीमुहाली स्थापित गर्ने रणनीति अख्तियार गरेका छन् र यो सुशील योजनामा वीपी पुत्र सशांक कोइराला जीपी पुत्री सुजाता र नोना पुत्र शेखर कोइरालाभन्दा धेरै अगाडि देखिन थालेको छ। सुशीलको यही योजनाअन्तर्गत सशांक कोइरालाले आफू कांग्रेस पार्टी हाँक्न तैयार रहेको अभिव्यक्तिका साथ अगाडि बढेका देखिन्छन्। यसैवीच सशांकले ज्यादै बढेको 'पिउने बानी'लाई ह्वात्तै घटाएको खबर छ। कांग्रेसभित्र सुशील र देउवाको आ–आफ्नै दाउले समस्या चर्केर गएको छ। १३औं महाधिवेशनमा उपसभापति र महामन्त्रीको संख्या बढाएर त्यसमा केन्द्रीय सदस्यबाट सशांक कोइरालालाई उचाल्नकै लागि सुशील कोइरालाले पदाधिकारी थप्न खोजेका हुन्। कांग्रेसको भावी नेतृत्व कोइरालाकै हातमा पार्ने यो रणनीति बुझेका शेरबहादुर देउवाले सुशीलको यो तयारीलाई फजुलको भनेर आलोचना गर्न थालेका छन्। देउवाले सहमहामन्त्रीको पद बढाउन सकिन्छ भन्दै त्योभन्दा उपल्लो पदाधिकारीको संख्या घटाउन सके पार्टीभित्र बढ्ने असन्तुष्टिको लाभ आफूलाई हुन्छ भन्ने हिसाव देउवाको छ तर, अँध्यारो कोठाका निर्णय पार्टीमा लाद्ने सुशील कोइरालाले देउवा वा अरु कसैको केही चल्न दिन्छन् भन्ने विश्वास कसैले गरेका छैनन्।