Advertisement Banner
Advertisement Banner

२६ सोमबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

धीरेन्द्रकी छोरीको बारेमा किन मौन ?

११ सोमबार , चैत्र २०७५८ बर्ष अगाडि

बरिष्ठ अधिवक्ता शिव सिग्देल -
२ वर्ष अघि फेसबुकमा साथी भएका  बागलुङका २३ वर्षका सुदिन आचार्य र पाकिस्तान रावलपिण्डीकी २२ वर्षकी अम्ना सफिक वीचको प्रेम यसरी बढ्यो कि अम्ना नेपाल आइन र नेपाली युवकसँग बिहे गरिन् ।
बधाई छ यो जोडीलाई ।
बिहे गरेको महिना दिनभित्रै अम्नाले नेपाली नागरिकता पाइन् । नेपालीसँग बिहे गर्नु नै अम्नाका लागि नेपाली नागरिकता पाउने प्रमाण बन्यो ।
पूर्वअधिराजकुमार धीरेन्द्र कि छोरी श्रेया शाहलाई नेपालको नागरिकता दिइएन । उनको जन्म शिक्षण अस्पतालमा भएको रेकर्ड छ, बाबुको नाम धीरेन्द्र शाह लेखिएकै छ, तैपनि प्रशासनले उनलाई नेपाली नागरिकता दिन इन्कार गरेपछि उनी रुँदै विदेशतिर लागिन् । उनका बारेमा आमाको नामबाट नागरिकता पाउनुपर्छ भन्नेहरुसमेत मौन रहे । आखिर नेपालमा भइरहेछ के ? कसका लागि कुन कुन विदेशीले नेपालमा नागरिकता विक्रीमा राख्न खोजेका हुन् ? उद्देश्य संदिग्न छ ।
सवाल राजा वा अधिराजकुमारको होइन, सवाल हो कुन प्रकारका नागरिकले नागरिता पाउनुपर्ने हो ? यो महत्वको सवाल पहिले निदान हुन जरुरी देखिन्छ ।
यसैगरी हरेक दिन नेपाली युवतीहरु विदेशीसँग विहेवारीमा गाँसिएका छन् । गाँसिन्छन्, तिनले विदेशी नागरिकता यति सजिलै पाउन सक्छन् कि सक्दैनन् ? यसबारेमा संसद कति सचेत छ, सरकारले अध्ययन गरेको छ कि छैन ?
अहिले संसदमा पेश भएको नागरिकता संशोधन विधेयकले त नेपाली आमाले बाबुसमेत देखाउनु नपर्ने, आमाले मेरो सन्तान भनेपछि खुरुक्क आमाको नाममा नागरिकता दिनुपर्ने । यसबाट के देखिन्छ भने विदेशीहरु धमाधम नागरिकता लिन नेपाली युवती विहे गर्न सक्छन्, विदेशमा गएका नेपाली युवतीले पाएका बालबच्चा सबैले बंशजको आधारमा नेपाली नागरिकता पाउन सक्छन् । ज्वाई र भान्जाभान्जीसमेतलाई नेपाली बनाउने यो सरकार, संसदले नागरिकता संशोधन विधेयक नेपालको सार्वभौमिकताको रक्षा, सुरक्षा गर्नका लागि हो कि विदेशीलाई व्यापक रुपमा अतिक्रमण गर्न लगाएर नेपालीलाई अल्पमतमा पार्दै फिजी बनाउने साजिसको हिस्साका लागि काम गरिरहेका छन् । यो प्रश्न यसकारण पनि गम्भीर छ कि अन्य मुलुकमा नागरिकता दिने प्रचलन, कानुन के छ, त्यसबारेमा अध्ययन नै नगरी किन हचुवाका भरमा नागरिकता विधेयक ल्याइयो ? यो विधेयकका बारेमा देशव्यापी रुपमा छलफल, बहस गरेर निर्णयमा पुग्न सरकारले दुई तिहाइको दम्भ किन देखाइरहेको छ, यो रहस्यमय छ । यस्ता कुनै पनि रहस्य नखोतल्ने हो भने नेपाल फिजी हुनसक्छ ।