Advertisement Banner
Advertisement Banner

२६ सोमबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

नागरिकता विधेयक पास भए नेपाल सिक्किम बन्छ

११ सोमबार , चैत्र २०७५८ बर्ष अगाडि

नागरिकता विधेयक विरुद्धको संघर्ष समन्वय समितिले सरकारले संसदमा पेश गरेको नागरिकता संशोधन विधेयक राष्ट्रघाती ठहर गरेको छ ।
यही सन्दर्भमा संघर्ष समिति तथा नेकपा मालेका नेता सीपी मैनालीले यो नागरिकता विधेयक पास भयो भने नेपाल सिक्किम बन्छ भन्ने खतरा देखाएका छन् । र, यो विधेयक खारेज गर्न माँग गरेका छन् । यो विधेयक राष्ट्रको अखण्डता र सार्वभौमिकता विरोधी भएकाले तत्काल सरकारले फिर्ता लिनुपर्ने उनको माँग छ ।
मोहनविक्रम सिंहसमेत रहेको संघर्ष समितिको माँग छ– विदेशीहरुले लिएको नागरिकता छानवीन गरी सम्पूर्ण नक्कली नागरिकताहरु खारेज गर्न, सर्वोच्च अदालतले खारेज गरेको नक्कली नागरिकता बारेको आदेश कार्यान्वयन गराउन र नागरिकता सम्बन्धी एक राष्ट्रिय नीति तर्जुमा गर्न अधिकार सम्पन्न उच्चस्तरीय न्यायीक छानविन आयोग गठन हुनपर्छ भनिएको छ । र, संघर्ष समितिले जारी गरेको विज्ञप्तीअनुसार यही चैत्र १० गतेदेखि व्यापक रुपमा देशव्यापि हस्ताक्षर संकलन तथा पर्चा वितरण कार्यक्रम संचालन गर्ने, चैत्र १३ गते सांसदहरुलाई ध्यानाकर्षण पत्र बुझाउने र सोबारे हनुमानथानमा सार्वजनिक कार्यक्रम गर्ने, चैत्र १४ गते भक्तपुर जिल्लाको सूर्यर्िवनायकमा नागरिकता सम्बन्धी विज्ञ विशेषज्ञसहितको विधेयकविरुद्ध सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने, चैत्र १७ गते ललितफुर जिल्लाको लगनखेलमा नागरिकतासम्बन्धी विज्ञ विशेषज्ञसहितको विधेयकविरुद्ध सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने कार्यत्रम सार्वजनिक गरेको छ । साथै चैक्र १९ गते शान्तिवाटिका काठमाडौंमा नागरिकता सम्बन्धी विज्ञ विशेषज्ञसहितको विधेयक विरुद्ध सार्वजनिक सुनुवाई कार्यत्रम गर्ने, चैत्र २४ गते देशव्यापि रुपमा नागरिकता विधेयक विरुद्ध भण्डाफोर तथा विरोध कार्यक्रम गर्ने, चैत्र २८ गते बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्रसहित संकलित हस्ताक्षर बुझाऊने दबाबमूलक कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
ओली सरकार बाहृय शत्तिको दबावमा परेको ठहरसहित संघर्ष समितिले वर्तमान सरकार राष्ट्र र राष्ट्रियतालाई खतरामा पार्न उद्दत रहेको निष्कर्षसमेत निकालेको छ ।
नेता सीपी मैनालीका अनुसार अन्तरिम संविधान जारी हुनुपूर्व नै संवैधानिक र कानूनी मुल्य–मान्यताको उल्लंघन गरी ल्याइएको नागरिकता ऐन, २०६३ नै विवादस्पद र राष्ट्रिय हितविपरित थियो, अहिले त देशघातक विधेयक नै ल्याइएको छ भन्दै सरकारले राष्ट्रघाती प्रावधान राखी नागरिकता ऐन संशोधन गर्न संसदमा षड्यन्त्रपूर्ण ढङ्गले पेश गरी विदेशी नागरिकलाई नेपालको नागरिकता बितरण गर्न लागेकोले तत्काल उक्त विद्येयक नै खारेजीको माग गरिएको बताए ।
नेकपा (माले) का महासचिव एवम् पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले सरकारले विधेयक पास गराए नेपालको अस्तित्व नै खतरामा पर्ने भएकाले ‘बाहृय शक्तिलाई खुसी तुल्याउनका लागि सरकारले विधेयक जसरी पनि पास गराउने षडयन्त्र गरेको छ, यो हामीलाई कुनै पनि हालतमा मान्य हुने छैन । जस्तोसुकै संघर्ष गर्नुपरे पनि गरिन्छ ।’ भने ।
संसदमा विचाराधीन उक्त विधेयकले विदेशीहरुले लिएको नक्कली नागरिकता र भारतीय संस्थापन पक्षले दावी गरेको नक्कली नागरिकतालाई पनि संस्थागत गर्ने षडयन्त्रको पर्दाफास गरेका छन् सीपी मैनालीले । अहिलेको नागरिकता बिधेयकको प्रावधानमा त उनीहरुका सन्तानले पनि नागरिकता पाउन सक्ने गर्न खोजिएको छ । यो कदापि मान्य छैन, यसलाई सच्याउनैपर्छ ।
यो विधेयक पास भयो भने देशको सार्वभौमसत्ता र स्वतन्त्रतामाथि अपुरणीय क्षती पुग्नेछ । नेपालले स्वतः सिक्किम र फिजीको नियति भोग्न धेरै समय कुर्नुपर्ने छैन ।
रिपोर्टर्स क्लवमा भएको एक कार्यक्रममा साध्यबहादुर भण्डारी, हिमलाल पुरी, डम्बर श्रेष्ठ, बुद्धिनारायण श्रेष्ठले पनि यो विधेयक पास भयो भने नेपालीको अवस्था चीन, बर्मा, भारत, भुटानबाट लखेटिएको हाल हुनसक्ने खतरा देखाएका थिए ।