Advertisement Banner
Advertisement Banner

२६ सोमबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

प्रचण्डले बोलेपछि पक्कै मुद्दा फिर्ता

०६ सोमबार , आश्विन २०७६७ बर्ष अगाडि

काठमाडौं । प्रचण्ड, नेकपाका अध्यक्षले बोलेपछि पक्कै मुद्दा फिर्ता हुन्छ । २०७२ भर्दा ७ गते एउटा दुध खाने बालकसहित ९ सुरक्षाकर्मी मारिएको कैलाली घटनामा रेशम चौधरीलाई झूठो मुद्दामा फसाइएको हो, सबै झूठा मुद्दा फिर्ता लिन प्रधानमन्त्रीसँग कुरा भइसक्यो, सहमति जुटिसक्यो भनेपछि पक्कै फिर्ता हुनेभो ।
अदालते ११ जनालाई जन्मकैद तोकेपछि फागुन २२ गते रेशम चौधरीको सांसदपद निलम्बित भएको थियो । प्रचण्डकै बलमा उनलाई हथकडी लगाएर संसद पु¥याउने र शपथ खुवाउने संसारमै नभएको नाटक पनि मञ्चन गरिएको थियो ।
थारुजातिको जितिया पर्व मनाउन सुनसरीको झुम्का पुगेका प्रचण्डले चुनाव जितेका, जनताले जिताएका जनप्रतिनिधिमाथि झूठा मुद्दा लगाइएको हो, उनलाइ ससम्मान फिर्ता ल्याउन सबै झुठा मुद्दा फिर्ता लिने तैयारी भइरहेको छ, छिटै मुद्दा फिर्ता हुनेछ भनेर घोषणा जारी गरेका हुन् । 
सत्ताधारी पार्टीका अध्यक्षले बोलेपछि मुद्दा फिर्ता हुने निश्चित छ । ओखलढुंगाका नेता बालकृष्ण ढुंगेलमाथि सर्वोच्चले सर्वस्वहरणसहित जन्मकैद ठेकेको थियो, उनको मुद्दा पनि प्रचण्डले फिर्ता गराएका हुन् । अव पालो रेसम फिरीरीको.... ।