Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

चामल र पालसँगै बाइबल

०४ सोमबार , जेठ २०७२११ बर्ष अगाडि

धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोकलगायतका क्षेत्रमा पीडितहरुलाई चामल, दाल, नुन, पाल, लुगालगायतका राहत सामान वितरण गर्दा बाइबलसमेत साथैमा दिएको विषय गम्भीर छ। यसैवीच जर्मनका सांसद फिलिप मिसफिल्डरले जर्मनको बर्लिनबाट नेपालका भूकम्पपीडितलाई गरिएको सहयतामा चुहावट नगर भनेर चेतावनी दिए। डिफिड, युरोपियन युनियन र अन्य केही क्रिश्चियन मिसिनरीले पनि राहतसँगै धर्म प्रचार गरेका छन्। सरकारले राहत र उद्धारमा विदेशीले गरेका यस्ता मनपरीलाई कुनै ध्यान दिन भ्याइरहेको छैन। त्यसो त भूकम्पपीडितका नाममा विदेशमा संकलन भइरहेका धनराशीका बारेमा पनि सरकारले चुँ बोलेको छैन। यतिमात्र भनिरहेको छ– प्रधानमन्त्री कोषबाटै पुननिर्माण थालिने छ।