Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

पहाडीयालाई मधेसमा सारिए गृहयुद्ध: सीके राउत

११ सोमबार , जेठ २०७२११ बर्ष अगाडि

 एक ठाउँको नेपालीलाई अर्को ठाउँमा बसोबास गर्दैमा गृहयुद्ध हुनुपर्ने कारण के? गृहयुद्ध हुनका लागि पर्याप्त कारण यत्ति हुनसक्छ? सीके राउत र सद्भावना आनन्दीदेवीकी अध्यक्ष सरिता गिरीले साम्प्रदायिक सद्भाव खलबल्याउने गम्भीर अपराध गरेका छन्। यी दुबैले भनेका छन्– पहाडीयालाई मधेसमा सारिए गृहयुद्ध हुन्छ। महाभूकम्पले मुलुकलाई बिपत्तिमा पारेको छ। पहाड चर्केर बस्नै नहुने अनेक गाउँ सार्नुपर्ने बाध्यात्मक स्थिति छ। सरकारलाई कहाँ अनुकूल पर्छ र तिनले कहाँ बस्न मञ्जुर गर्छन्, सरकारले बस्ती सार्नैपर्छ। यति ठूलो राष्ट्रिय संकटमा पनि मानवीयता नभएका यी सीके र सरितालाई राज्यले किन छुट दिइरहेको छ? राज्यलाई निर्देशित गर्ने यी को हुन्? त्यसमाथि गृहयुद्धकै धम्की दिने ताकत यिनलाई कहाँबाट प्राप्त भयो। विपद व्यवस्थापन गर्न सबै सहमतिमा आउनुपर्ने समयमा गृहयुद्धको चेतावनी? तत्काल राज्यले यिनीहरुमाथि कडा रुख अपनाउन जरुरी छ भन्ने पर्यवेक्षकीय धारणा मजबुत रुपमा सार्वजनिक भइरहेका छन्।
यतिखेर आम जनता र आमपार्टी राहत, उद्धार र नवनिर्माणमा सहमतिका साथ अघि बढ्न तैयार भइरहेका छन्। नवनिर्माणलाई गति दिन राष्ट्रिय सरकार बनाउने प्रयास तीब्र भइरहेको छ। तर, सीके राउत र सरिता गिरी साम्प्रदायिक सद्भाव खलबल्याउन अघि सरेका छन्। यिनी दुबै जना विदेशी डलरमा चलखेल गर्ने प्राणी हुन्। अझ सरिता गिरीको जन्मथलो त भारत नै हो। सीके राउत मधेसलाई छुट्टै राज्य बनाउँछु भनेर लागेका बिखण्डनवादी हुन्। यिनले नेपाल आमालाई बेश्यासमेत भनेर टिप्पणी गरे। यी दुवै राष्ट्रघाती हुन्, अखण्ड नेपालविरोधी हुन्, नेपाली एकता बिथोल्ने भँडुवा हुन्। यसमा शंका छैन। तथापि राज्य यिनीहरुप्रति किन नरम भइरहेको छ? यो रहस्यमय विषय मानिएको छ। सीके र सरिता गिरीलाई अराष्ट्रिय घोषणा गर्न सरकारले बिलम्ब गरे यी हौसिन सक्छन्।