Advertisement Banner
Advertisement Banner

२६ सोमबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

वामदेवको छलाङले ईश्वर स्तव्ध

२० सोमबार , माघ २०७६७ बर्ष अगाडि

काठमाडौं । पुस २३ को वामदेव गौतमको निवासमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ (रामबहादु थापा विदेश तर सहमत)को बैठकले अन्तत ओलीलाई सुवास नेम्वाङको नाम फिर्ता लिन बाध्य पारेर अग्नि सापकोटालार्ई सभामुखमा स्थापित गर्न सफलता हासिल गरेपछि कमजोर बनेका प्रम ओलीले वामदेव गौतमलाई पार्टी उपाध्यक्षमा पदोन्नति गराएको छ ।
यो ओली रणनीतिमा वामदेव स्थिर हुनसके भने ईश्वर पोखरेलको बदलामा वामदेव ओलीका उत्तराधिकारी बन्न सक्ने आँकलन गरिदैछ ।
केसको बैठले गुट समाप्त पार्ने र एकीकरणलाई अन्तिम रुप दिने भनेता पनि महाधिवेशन गर्ने निर्णयले प्रचण्डलाई उत्साहित पारेको छ । प्रचण्डका लागि पनि सहायक वामदेव गौतम, माधवकुमार नेपाल र झलनाथ खनाल नै हुनुपर्नेछ, अन्यथा प्रचण्डको सपना पूरा हुनेछैन ।
यसैवीच पार्टी बैठकमा कार्यकारी राष्ट्रपतिको बहस भित्र्याएर प्रचण्डले पासो थापेका छन् । चुनाव खर्च कम हुने र राष्ट्रपतीय शासन प्रभावशाली हुने तर्क गरिदैछ । यथार्थमा प्रचण्ड आफै कार्यकारी राष्ट्रपति बन्नका लागि वातावरण बनाइरहेका छन् । यही उद्देश्यका लागि भैंसेपार्टी बैठक गरिएको र क्रमिक नतिजा आउन थालेको हौसला देखिदैछ ।