Advertisement Banner
Advertisement Banner

२६ सोमबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

अव हट्ने मुख्यमन्त्री पालो

१९ सोमबार , फाल्गुण २०७६७ बर्ष अगाडि

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईमाथि नैतिक प्रश्न उठेको छ । आफ्नै पार्टीको तत्कालीन नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालकी केन्द्रीय सदस्य बालिका खड्काले पतिको नाता कायम गरी अंश पाउँ भनेर मुद्दा दायर गरेपछि मुख्यमन्त्री नैतिक प्रश्नका सामु उभिन पुगेका हुन् ।
बालिका खड्काले राई युवा संघको इन्चार्ज हुँदाबाट चिनजान सुरु भएको र त्यसपछि दुवैबीच प्रेम भएको हो । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उनको सचिवालयको सदस्य रहेकी खड्काले त्यस समयका सञ्चारमन्त्री राईले आफूलाई कार्यकक्षमै शारीरिक सम्पर्क राखेको पनि बताएकी छन् । त्यसैगरी विद्या भण्डारी राष्ट्रपतिमा निर्र्वािचत भएपछि आयोजना गरेको भोजमा रक्सीले मात्तिएका राईले सार्वजनिक रुपमै आफूमाथि यौन हिंसा गरेको बताएकी छिन् । यस विषयमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाललाई समेत जानकारी रहेको खड्काको दाबी छ । उनले दिएको मुद्दामा १० आरोप लगाइएका छन् ।
शेरधन राईले रिलेसनमा बसौं भनेको, राष्ट्रपति विद्या भण्डारी नियुक्त भएपछिको पार्टीमा हातपात गरेको, पछि क्षमा माँगेको, सञ्चार मन्त्री हुँदा कार्यकक्षमै यौन शोषण गरेको, २०७२ सालदेखि २०७४ सालसम्म गोल्फुटारमा रहेको घरमा डेरा गरी राखेको । लिभिङ टुगेदर जस्तो सम्बन्धमा नराख्नुस् भन्दा भोलि भोलि भनेर टारेको, यो विषयमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाललाई समेत जानकारी रहेको जस्ता गम्भीर आरोप लगाएकी छिन् ।