Advertisement Banner
Advertisement Banner

२६ सोमबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

संवेदनहीनता रोकियोस्

०१ सोमबार , बैशाख २०७७६ बर्ष अगाडि

गंगा दाहाल -
लाखबत्ती बालेजस्तो, गाईदान, दशदान गरेजस्तो, गौदान गरेर ठूलै पापबाट मोक्ष प्राप्त गरेजस्तो यस्ता दृश्यले अमानवीयता झल्काउँछ । विवेकशील मान्छेले देखाउने दृश्य यस्तै हुन्छ ? हुन्न भने देशैभरि कुहिएको चामल, एउटा धरो ओढ्ने, अलिकति सामल दिएर सेल्फी खिच्ने र फेसबुकमा राख्ने जुन प्रवृत्ति छ, यसले लोकतन्त्रमाथि व्यङ्ग गरेको छ, मान्छेलाई मान्छेजस्तो देखाएको छैन । मान्छे यतिसम्म पनि तल गिर्नसक्छ भन्ने दृश्य हो यो । यो आपत्तिजनक छ ।
चुनावपछि पिर्के सलामी, बेञ्च, टेबुल सलामीको लहर चलेको थियो, त्यो राजारानी बन्ने महत्वकांक्षाभन्दा केही थिएन भने यो केही दानगरेजस्तो गरेर जुन फोटो राख्ने होडबाजी चलेको छ, यो अर्को पापकर्म हो । भनिन्छ, दाहिने हातले दिएको दान बायाँ हातलाई थाहा नहोस् । नेपालमा त यस्तो बिकृतिको बिगबिगी नै पो देखिन थाल्यो । बिकृतिले सभ्यता नष्ट हुन्छ, विपतमा पनि हामी असभ्य भएकै हौं त ? चेतना रहोस् ।
कोरोना अथवा आगो कसैको मित्र हुनसक्दैन । कोरोनाले धनाध्ये पनि मरेका छन्, कोरोनाले सम्पन्न र सम्भ्रान्तलाई पनि एकैगाँस बनाएको छ । त्यसैले सिंगो मुलुक, सरकार एक भएर कोरोनासँग लड्ने प्रयास भइरहेको छ । कोरोनाको डढेलो रोक्ने, निभाउने तरिका यस्तै हुन्छ ? यो दृश्य आफैमा कोरोनाको महामारी हो । यस्ता कुरुप दृश्य देखाउने काम बन्द गर्नुपर्छ । देशभरिका ७ सय ६१ सरकार, दानवीरहरु, मानवीयता भएकाहरु हुनेले नहुनेलाई जे जसरी सहयोग गरिरहेका छन्, गरौं । त्यसको सस्तो प्रचार गरेर उपहासको पात्र नबनौं । कोरोना सामुहिक शत्रु हो, यो युद्धको बेलामा मिलेर युद्ध गरौं, चेतना छरौं, कोरोनालाई जितौं । कोरोनाले जित्यो भने मानव सभ्यताको बिनास हुनेछ ।
राहत पाइन्छ भनेर हुनेखानेहरु पनि ारहत छोप्न भीडभाड गरिरहेका छन्, कतिपयले राहतका नाममा आफ्नै पसलका कुहिएका सामान बेचिरहेका छन्, कतिपय कालो बजारी गरिरहेका छन् भने धेरै ठाउँमा आफन्तलाई राहत बितगरण गरेको आरोप पनि जनताले लगाएका छन् । सम्पत्तिवालाहरु किन लोभ गरिरहेका छन्, किन अलिकति मुठ्ठी फुकाउन पछि हटिरहेका छन् । व्यापारी, उद्यमीहरु मात्र होइन, कूटनीतिक सुविधा पाउनेसमेत यही मौकामा कमाउन हिडेको छ । भ्रष्टाचार अहिले पनि व्याप्त छ, निगरानी र नियमनमा पनि खेलाची छ । त्यसैले यो महामारीविरुद्धको युद्धमा सबै सिपाही, सबै समान भएर लड्न जरुरी छ ।