Advertisement Banner
Advertisement Banner

३१ बुधबार, असार २०८३13th July 2026, 9:36:25 am

भारतले नाकाबन्दीको पूर्व संकेत दियो

०८ सोमबार , असार २०७७६ बर्ष अगाडि

काठमाडौं । नेपाल–भारत सीमा भन्सारहरुमा भारतीय अधिकारीहरुले निकासी हुने बस्तुहरुको कहिले जाँचपास गर्ने, कहिले ७ दिनसम्म पनि नगर्दा सकस दिएको छ  । नेपाल भित्रिने भारतीय बस्तुहरुमा पनि खिचखिच गर्न थालेका छन् । कतिपय सीमा नाका र छोटी भन्सारहरुमा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई नाङ्गेझार पार्ने, गाली गर्ने, कुट्ने, लुट्ने धन्दालाई बढाएका छन् ।
नेपालले नक्सा जारी गरेपछि र संविधान संशोधन पारित गरेपछि भारतीय व्यवहारमा रुखोपन बढेर गएको छ । यसलाई नाकाबन्दीको पूर्वाभ्यासका रुपमा व्यापारी र सरकारी अधिकारीहरुसमेत चर्चा गर्न थालेको सुनिदैछ ।
कोभिड–१९, कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि भन्दै नेपालसँगका केही प्रमुख नाकाहरुमात्रै खुला राख्ने निर्णय गरेको भारतले मेची भन्सारबाट भारतका लागि निकासी गरिएका सामानहरुलाई भारत छिर्न दिएको छैन भने नेपालतिर आउने खाद्यान्न तथा निर्माण सामाग्रीहरुको ढुवानीमा पनि माथिको आदेश भन्दै नेपाल प्रवेशमा खिचलो झिकेको छ । माथि भनेको दिल्ली न होला ।
भारतले वीरगन्ज (रक्सौल), भैरहवा (सुनौली), महेन्द्रनगर (बनबासा) र काकडभिट्टा (रानीगन्ज) मात्र खुला राख्ने निर्णय पठाएपछि नेपालले पनि स्वीकार गर्दै तिनै नाकाबाट आयात निर्यात गर्ने गरेकोमा त्यसमा पनि अवरोध झिक्यो ।
नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नक्सा जारी गरेर संविधानमा सामेल गरेपछि भारतीय पक्ष रुखो बनेको भन्सार अधिकृतहरु बताउँछन् ।
विराटनगर, वीरगन्ज, नेपालगन्ज, काकडभिट्टा नाकामा भारतीय पक्षसँग सुरक्षा र भन्सार अधिकारीहरुले खुसामद गर्नुपर्ने अवस्था असामान्य स्थिति हो । नेपालबाट भारत र बंगलादेशतिर चिया, अलैंची र अम्रिसो, अन्य सामानहरु निकासी हुने गर्छन् । यति हुँदा पनि नेपाल सरकारले थाहा नपाएजस्तो गरिरहेछ । सरकारका विभिन्न निकाय जानकारी नभएको भनेर पन्छिन थालेका छन् । यसको अर्थ नेपाल–भारतवीच समन्वय र सम्बन्धमा चिसोपन बढेर गएको छ ।