Advertisement Banner
Advertisement Banner

२५ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

नारी अस्मिताको खिल्ली नउडाउ

०५ सोमबार , आश्विन २०७७६ बर्ष अगाडि

देवी काफ्ले– 
सप्तरी डाकनेश्वरी कि १७ बर्षिया युवती सामुहिक बलात्कारको शिकार भईन् । खेतमा पानी हेर्न गएको बेला उनको बलात्कार भयो । न्यायको लागि गाउंमा पन्च बसेर अपराधीबाट ५५ हजार क्षतिपूर्ति भराईयो ।त्यस बापत पिडिताले प्रहरीमा उजुरी गर्न नपाउने उर्दी जारी गरियो ।
ललितपुरको महालक्ष्मी नगरपालिकामा आफ्नै बाबुबाट १७ बर्षिया किशोरी बलात्कारको सिकार भइन् । उनका बाबुलाई प्रहरीले पक्राउ गरेर लगे पछि घरमा प्रहरी बोलाएर टोलकै बेईजत गरिस् भनेर घरधनि सहित टोलबासीले घरमात्रै हैन गाउंटोलमै बस्न नदिने गरि गाउँ निकाला गरे । उनकी अपाङ्ग आमा र नाबालक भाइ सहित बेवारिसे बन्न पुगे ।
कंचनपुरको बेलडांडीमा १५ बर्षिया बालिका सामुहिक बलात्कारको सिकार भइन् ।भदौको १४ गते देखि १९ गतेसम्म बन्धक बनाई लागू औषध सेवन गराएर सामुहिक बलात्कार गरे । अपराधीहरुले उनलाई धम्की दिएर कुनै घटना नभएको भन्न बाध्य पारेका थिय र उनको बयान पछि पक्राउ परेका अपराधी छुटे ।केही दिन पछि युवती असमान्य हुँदै गइन । जांचपड्ताल पछि उनीमाथि सामुहिक बलात्कार भएको पुष्टि भयो । 
बैतडीमा आफ्नै शिक्षकले पटक पटक यौन दुर्व्यवहार गरेर आजित भएकी युवतिले बिह भएको छ महिना पछि बच्चा जन्माईन् र उनी बलात्कारमा परेको रहस्य खुल्यो ।
कुनै दिन बांकी छैन कि बलात्कार तथा यौन हिंसा नभएको । सामुहिक बलात्कारका घटना बढ्दो छ । धेरै त आफन्त बाटै पिडित छन् ।
आखिर किन मौलाईरहेको छ बलात्कारी मानसिकता ?
मान्छे किन अपराधीक कृयाकलापमा लागेको छ ? पशुवत् ब्यवहारमा कसन उत्रेको छ मान्छे ?
 जवाफ खोज्नु छ । छोरी होस् या अन्य नारी आज कहि कसैबाट सुरक्षित छैनन् भन्ने यथार्थ त माथिका घटनाले पुष्टि गरिसक्यो ।
 हिजोसम्म बलात्कार अपराध हो भनेर पिडितबाट न्याय खोज्न बाहिर निस्कनु सामाजिक चुनौती थियो । अपराधीलाई सजाय माग्ने चेतना थियन र घटना सायद धेरै लुकेको थियो होला तर आज चेतना भयर पनि न्याय माग्न जान खोज्दा समाजको एउटा अगुवा टोली मिली केही रुपैयामा सामुहिक बलात्कार जस्तो जघन्य अपराधलाई पनि रफादफा पार्न खोज्नु सामाजिक बिकृतिक मानसिकता हो ।यस्तो मानसिकता बोकेको समाजमा पिडितले न्याय कहिले र कसरी पाउने ?
 समाजमा दोहोरो चरित्रधारीहरुका कारण पनि महिला पिडित हुन या हैनन् भनेर द्विबिधा देखिन थालेको छ आजकल । उमेरपुगेका राजनैतिक, सामाजिक जिम्मेवारीमा रहेका केही महिला पुरुष समेत पहिले सम्बन्धमा रहने पछि मनमुटाव भएपछि बलात्कार ,यौनहिंसा गरेको आरोप प्रत्यारोप गरि पुलिस,अड्डाअदालत धाउने फेरि केही समय पछि झुठा आरोप लगाए, अर्काको उक्साहटमा आएर गलत आरोप लगाएं । निर्दोष मान्छेलाई कारवाहि नहोस् भनेर तिनै पिडित भनिएकाहरुले सफाई दिने प्रबृति बढेको छ । आरोप लगाउने जेल पठाउने अनि आफै निर्दोषलाई अरुका कारण फसाईयो भन्ने, आरोप लगाउने अंश मुद्दा दायर गर्ने, स्वास्नी हुं भन्ने अनि अर्काको उक्साहटमा लागेर आरोप लगाएं निर्दोष छन् भनेर बयान दिने महिलाका कारण अन्य वास्तविक पिडित महिलाका न्याय माथि ओझेल परिसक्यो अब ।
अर्को पाटो हेर्दा होला उनिहरु त पहुंचवाला,सम्पत्तिवाला,पदिय जिम्मेवारीवाला भएकोले पैसा लेनदेन,धाकधम्कीबाट पनि उम्काउन सफल भए होलान् त्यहा महिला पिडितै  भए पनि बाहिरी आबरण एकातिर भित्री बिवरण अर्कोतिर पक्कै हुनसक्छ ।यो प्रबृत्तिले अब वास्तविक निर्दोष तर पैसा र पहुंच नभएकाहरुको अवस्थामा पनि त कुठाराघात हुने भयन र ? सारा अपराधहरु पैसासंग तराजमा राखेर जोख्न थालेपछि नारी अस्मिताको पल्ला हल्का र पैसाको पल्लाभारी त हुने नै भयो ।
यहाँ महिला हिंसालाई बढोत्तरी गराउने यी माथिल्ला प्रवृत्ति बोकेका भनौं या मिल्दा सम्म साक्षात्कार नमिल्दा बलात्कार गर्नेले झन बल पुर्याएका छन्आज ।
यस्तै हलुकम र फितला बयान, दर्खास्त, उजुरी,न्यायका कारण आज बलात्कारलाई सामान्य मान्न थालेका छन् । कानूनमा सजाय तोकियो तर कानून अनुसार कारवाही गर्ने निकायमा कारवाहिका लागि भन्दा अपराधी कसको को नाता पर्छ ,कुनराजनैतिक दलको कार्यकर्ता भनेर खोट्ट्याउन थालिन्छ । फलस्वरुप वास्तविक पिडित महिला आत्महत्या गर्न बाध्य हुन्छिन् ।
बलात्कार पिडित स्त्रीलाई आत्महत्या गर्न बाध्य बनाउने, समाजबाट दुत्कारेर निकाल्ने, बाँच्नका लागि बाटो बन्द गराउने दोषि सबै हाम्रो पुरुषवादी सोंच हो ।के स्त्री एक्लै बलात्कार हुने हो ? अनि बलात्कार पिडित स्त्रीलाई मात्रै सजायंको भागिदार किन बनाईन्छ ।समाजको कलंक त्यो अपराधी हो भन्ने स्वीकार गर्न किन सक्दैन समाज?
ए समाज अब त तिम्रा बन्द आंखा खोल ।समाजबाट निष्काशन गर्नुपर्ने त त्यो अपराधी हो जसले ग्रुप जम्मा गरेर तिम्रा चेलीहरुको अस्मिता लुटेको छ । समाजबाट त्यसलाई निष्काशन गर जसले आफुले जन्माएकी छोरीको अस्मिता चुरचुर पार्यो ।निष्काशन त्यसलाई गर जसले हाम्रा अबोध छोरीको योनी च्यातिदियो  ।समाज अझै आखा खोल्दैनौ भने आफ्ना घरमा छोरी जन्माउन बन्द गर । अनि ठुलाबडा भनाउदा मि टु पछ्याएकाहरु तिम्रा कारण समाजका वास्तविक पिडित महिलाले ईज्जतले बांच्ने अधिकार नगुमोस् । तिम्रा मट्याङ्ग्रे सम्बन्ध सके बचाउ नसके तिमी आफै आत्महत्या गर मर जे गर नारी अस्मिताको खिल्ली नउडाउ ।
सरकार बलात्कारीले जतिसुकै फिराद लगाओस् सजाय तोक्ने मात्रै हैन लागू गर । महिला हिंसा बन्द गर ।