Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

मधेसीहरुले संविधानसभा त्याग्ने

१४ सोमबार , असार २०७२११ बर्ष अगाडि

जयप्रकाश गुप्ताले ताजा अभिव्यक्तिमा भनेका छन्– मधेसका नेताहरु अवसर नपाउञ्जेल रिसाउँछन्, अवसर पाएपछि महका झिंगा हुन्छन्।  नयाँ संविधानमा त्यस्तै उपद्रो गर्लान् मधेसी दलहरुले। उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका मधेसी नेताहरु प्रचण्ड र विजयकुमार गच्छदारले धोका दिएको भनिरहेका छन् भने यिनकै मुखबाट 'हामीलाई दास बनाउन खोज्ने, हामी दास बन्न तैयार छैनौं' भन्ने प्रतिकृया पनि आइरहेका छन्। सरसर्ती हेर्दा मधेसी दलहरु संविधान निर्माणका निर्णयहरुमा सन्तुष्ट छैनन्। मधेसमा बढीमा दुई प्रदेश र पहाड मिसाउन पाइन्न भन्ने दावी र दबाब अहिले पनि दिइरहेका छन्। मधेसी दलहरुको पातलो उपस्थिति होस्, उनीहरुले संविधानसभा परित्याग गरेर सडकमा उत्रने चेतावनी दिइसकेका छन्।

यदि मधेसी दलहरु सडकमा उत्रिए भने नयाँ संविधानको मस्यौदा मासंगल्लीको फोहर बन्नपुग्नेछ भने सबै राजनीतिक शक्तिहरुलाई संवोधन गरेर संविधानको मस्यौदालाई पूर्णता दिनसके लोकतान्त्रिक नेपालका लागि बरदान साबित हुनेछ। बुद्धि पुर्‍याउलान् कि, हेरौं के गर्छन्? भन्दैछन् विज्ञ, विश्लेषकहरु।