Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

संविधानको नाटकले नयाँ युद्ध हुन्छ

२८ सोमबार , असार २०७२११ बर्ष अगाडि

 उपेन्द्र यादवसँग संघीय समाजवादी फोरम नेपाल गठन गरेर राजनीतिक अस्तित्व बचाउन पुगेका अशोक राईले संविधानको मस्यौदा नयाँक्रान्तिको वीउ बनेको बताएका छन्। यो मस्यौदा जनचाहनाको प्रतिफल होइन, चार दलको संघीयता, धर्मनिरपे212ता, शासकीय स्वरुप र न्यायप्रणाली जस्ता बिषयमा गम्भीर नभई स्वार्थको पुलिन्दामात्र हो भन्ने दावी उनको छ। उनले संविधानको नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन्। यता जातिवादको माइक बनेका आदिवासी जनजाति आन्दोलनका नेता पद्मरत्न तुलाधर र आङकाजी शेर्पाजस्ता नेता पनि मस्यौदाको कडा आलोचक बनेका छन्। विवाद दिनदिनै बढेर गइरहेको छ।