Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

पचहत्तरै जिल्लामा मस्यौदा जलाइयो

२८ सोमबार , असार २०७२११ बर्ष अगाडि

असार २६ गते नेकपा–माओवादीले पचहत्तरै जिल्लामा संविधानको मस्यौदा जलाएर विरोध जनाएको छ। राजधानीमा भृकृटीमण्डप, लगनखेल र सूर्यविनायकमा जनताको उपस्थितिमा मस्यौदामा आगो लगाइएको हो। 'जबरजस्ती लाद्न खोजिएको संविधान स्वीकार छैन' नेकपा–माओवादीले आक्रोसित नारा लगाएको छ। अहिले पनि बैद्य माओवादी गोलमेच अथवा सर्वपक्षीय भेला नै राजनीतिक समस्याको समाधान भनिरहेको छ। तर, चार ठूला दलहरु बैद्य समूहलाई कुनै महत्व दिइरहेको देखिदैन। छिटोभन्दा छिटो संविधान जारी गरेर सत्ता नेतृत्व परिवर्तन गर्नुमात्र चारदलको अर्जुनदृष्टि रहेको देखिन्छ। संसदका मधेसी दलहरु र सडकमा राजनीतिक शक्तिहरुले अस्वीरका गरेको संविधानले द्वन्द्व र अशान्ति फैलाउने खतरा दिनदिनै बढेर गएको छ।