Advertisement Banner
Advertisement Banner

२५ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

१० गते विप्लव माओवादीको नेपाल बन्द

०५ सोमबार , माघ २०७७६ बर्ष अगाडि

 गिरफ्तारीविरुद्ध १० गते नेपाल बन्द
२०७७ माघ ३ गते ः देशव्यापी विरोध जुलुस
२०७७ माघ ५ गते ः देशव्यापी विरोध सभा
२०७७ माघ ७ गते ः देशव्यापी विरोध प्रदर्शन 
२०७७ माघ ९ गते ः देशव्यापी मशाल जुलुस
२०७७ माघ १० गते ः नेपाल बन्द 
काठमाडौं । प्रतिवन्ध अनि आफ्ना धर्मेन्द्र वास्तोलासहितका नेताहरुलाई पक्राउ गरेको विरोधमा विप्लव माओवादीको आन्दोलन सुरु भइसकेको छ । आगामी ९ गते देशव्यापी मशाल जुलूस र १० गते नेपाल वन्दको आह्वान गरिएको छ ।
विप्लवले जारी गरेको बिज्ञप्तिमा भनिएको छ– २०७७ साल पुस २९ गते कमरेड कञ्चनलाई सामाजिक दलाल पुँजीवादी केपी वली सरकारले पार्टी काममा खटिरहेको बेला ललितपुरबाट गिरफ्तार गरेको छ । उहाँसँगै ब्युरो सदस्य कमरेड विवेक र कमरेड विशाललाई पनि गिरफ्तार गरेको छ । 
जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा 
निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो । यो निरङ्कुश, तानाशाही एवम् फासिस्ट प्रवृत्ति हो । यसखालको दमनका विरुद्ध आवाज उठाउन सबै राजनीतिक पार्टी, बुद्धिजीवी र आमनागरिकहरूलाई हामी विशेष अपिल गर्दछौँ । साथै हाम्रो पार्टीपङ्क्ति र श्रमिक जनतालाई गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न निर्देशन गर्दछौँ । 
...राज्यको फासिस्ट दमनले न्यायपूर्ण सङ्घर्ष कहिल्यै नरोकिने, बरु त्यसले एकपछि अर्को उचाइ पकड्दै गएर एक दिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने सत्य स्पष्ट गर्दछौँ । केपी सरकारले बेलैमा यसलाई बुझोस् भन्ने हाम्रो चेतावनी छ ।
एकातिर प्रचण्ड माधव समूह शाकाहारी क्रान्तिले भएन भनेर ९ गतेदेखि राजधानीमा आगो बाल्ने चर्का कुरा गरिरहेका छन् भने अर्कातिर विप्लव माओवादी पनि सशक्त रुपमा विरोधमा जुटेको छ । वैद्य माओवादी विप्लवसँग मिलेर अघि बढ्ने भन्दैछ, यो देशमा राजनीति अव फेरि हिंसात्मक मोडतिर लागेजस्तो देखिन्छ ।