Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

मुख्य सचिवमा एमालेका जयमुकुन्द

०४ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

 संविधान घोषणापछि एमालेले सरकारको नेतृत्व गर्ने भएकाले काम गर्न सजिलो होस् भनेर एमालेले अहिले नै प्रधानमन्त्री सुशील कोइरालालाई आफ्नो चहेता सचिव जयमुकुन्द खनाललाई मुख्य सचिवमा नियुक्त गर्न गोप्य आग्रह गरिसकेको छ। साउन २३ गते मुख्य सचिव लीलामणि पौडेलको अवकाश हुँदैछ र त्यही दिन मुख्य सचिवमा कसलाई नियुक्त गर्नुपर्ने भएकाले पार्टीहरुको ठेलमठेल सुरु भएको हो। यतिखेर मुख्य सचिव हुने ३ उमेदवार छन्: कांग्रेस निकट सोमलाल सुवेदी, एमाले निकट जयमुकुन्द खनाल र सबैसँग मिलेर काम गर्नसक्ने श्रीधर गौतम। लीलामणि पौडेललाई बाबुराम प्रधानमन्त्री हुँदा नियुक्त गरिएको थियो। यही कारण भूकम्पपछिको एकद्वार राहत वितरणमा उनलाई होइन, गृहमन्त्रीले गृहसचिवलाई तोकेर लीलामणिको मानमर्दन गरेका थिए। काम गर्न निराश भएका लीलामणि वागमती सफाईतिर लागे र सेवाकालको अन्तिमतिर उनी झन निराश भएर वागमती सफाई मै ध्यान दिइरहेका छन्। अव हेर्नुछ, कांग्रेस र एमालेको मुख्य सचिवको रस्साकस्सीमा कांग्रेसका सोमलाल अगाडि पर्छन् कि हुनेवाला सरकार प्रमुखका जय मुकुन्द खनाल? ठूला पार्टीको यो पनि तमासा नै हो।