Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

हिन्दूराष्ट्र हुनुपर्छ भन्ने सुझावको चाङ लाग्यो

०४ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

हिजो र आज संविधानको मर्स्यादामा जनताले सुझाव दिने अवसर भए पनि हिजोसाँझसम्ममा इमेल, टोलफ्रि फोन, फ्याक्स र प्रत्यक्ष भनेर मात्रै पचासौंहजार सुझाव संकलन भइसकेका छन्। २ सय ४० निर्वाचनक्षेत्रमा हिजो र आज अन्तरक्रियामार्फत सुझाव संकलन भइरहेका छन्। सुझाव दिन बुझेर वा नबुझेर पनि जनताको भीड लागेको छ। यद्यपि सामान्य जनताले सुझाव दिनसक्ने वातावरण भने बन्न सकेन। सबैभन्दा बढी हिन्दूराष्ट्र हुनुपर्छ भनेर सुझाव आएको स्रोतले बताएको छ। यद्यपि केही मधेशवादी र हिन्दूवादी राप्रपा नेपालले सुझाव संकलनलाइ नौटंकी भनेर बहिष्कार गरेको छ। कम्तिमा ६ लाख मत पाएको राप्रपा नेपालले हिन्दूराष्ट्रका पक्षमा सुझाव दिएर संविधानसभाभित्रै संघर्ष गरेको भए हिन्दूराष्ट्रको विषय जनमत संग्रहमा जानैपर्ने स्थिति बन्ने देखिएको छ। आलोचकहरु भन्छन्: राप्रपा नेपालले बहिष्कार गर्नु गलत भयो।