Advertisement Banner
Advertisement Banner

२५ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

महामहिम राष्ट्रपति महोदय जदौ

२४ शनिबार , माघ २०७७६ बर्ष अगाडि

देवी काफ्ले- - - 

 नेपालको इतिहासमै हजुरको नाम सुनौलो अक्षरले लेखिनेछ। राजा पृथ्वीनारायण शाहकी बुहारी राज्यलक्ष्मीले पतिको देहावसान पछि छोरालाई गद्दीमा राखेर नायवी शासन चलाइन्। ससुराले शुरु गरेको बाइसे चौबिसे राज्य एकीकरण गरि सिङ्गो नेपाल निर्माण गर्ने कामलाई निरन्तरता दिइन्। कुटिल भाइ भारदारहरुले उनलाई सहयोग गरिरहेका उनका देवर बहादुर शाह र उनका बिचमा वैमनस्यता उत्पन्न गराई घर झगडा फैलाएर राज्यच्युत गराउने प्रयास गरे तैपनि उनले जिम्मेवारी बखुबी निभाईन्। १०४ वर्षे राणाकालमा पनि रानी राजराजेश्वरी देवी त्रिपुरा सुन्दरी देवीले पनि सत्ता नचलाएकी हैनन्। विभिन्न कालखण्डमा रानीहरु सर्वेसर्वा भयर सत्ता सञ्चालन गरेको कुरा मैले इतिहासमा पढेको अहिले पनि घुइरो घुइरो सम्झना आउँछ। उनीहरु राजपरिवार या उनैका नातेदार थिए जो सत्तामा पुगे तर तपाईं त झन् एउटा सर्वसाधारण नागरिककी छोरी, पत्नी, आमा पो हुनुहुन्छ। तपाईं राष्ट्रपति जस्तो गरिमामय र उत्तरदायी कुर्सीमा बस्दा सारा नेपालीले शिर उँचो बनाएका थिए हामी महिला प्रजातिले त झन् भुईंमा खुट्टा टेकेका नै थिएनौं। राणा, पन्च बेहोरेका, आफ्ना आमाहरु लोग्नेको चितामा बसेर जिउँदै जलेका दृश्य देखेका हाम्रा हजुरआमाहरु त दङ्गदास हुने भई हाल्नु भयो। हामीले आशा धेरै गर्‍यौं। हुन त हजुर त्यो पदमा बसेपछि सर्वसाधारण सँग प्रत्यक्ष सम्पर्कमा आउन मिल्दैन होला त्यो समस्या पनि हामी बुझ्छौं। परापुर्व कालदेखि नै राजपरिवारको राजसी ठाँटबाँट देखेर जनता सधैं रैती भएर बस्न नसकेर नै प्रजातन्त्र, लोकतन्त्र हुँदै आजका जनताले गणतन्त्र रोजे तर अचम्म के लाग्यो भने जनताबाट चुनिएर गएकी राष्ट्रपतिको राजसी शैलीको बग्गी सवारी अलि अपाच्य नै भयो। अझ बढी अपाच्य त बिरामी, सुत्केरी व्यथाले आकुलब्याकुल परेका महिला बोकेका एम्बुलेन्स रोकिँदा पो भयो। त्यो पनि भइहाल्यो बितेका कुरा बिते। आई बात गई बात११ राजनीतिक खिचातानीका कारण हो वा कुर्सी मोहका कारण जनताले पाँच बर्ष ढुक्क शासन चलाउ भनेर दिएको अधिकारको खिल्ली उडाउँदै एक भएका पार्टी नदीको दुई किनारामा लागे। विडम्बना अहिले त्यही दुई किनारामा बसेर नदीलाई ढुंगा हानी रहेका छन्। कसले कसलाई कति चोट पुर्‍याउन सक्ने हुन् थाहा भएन तर जनता प्रत्यक्ष मारमा पर्ने भए। दुनियाँ संसारका देशहरु कोरोनाबाट बच्न खोपको खोजीमा तल्लीनताका साथ भौंतारी रहेका छन् तर हाम्रो सरकार कता कोसँग खोप माग्ने भनेर तल्लिन छ। मागेको पिठोले कतिदिन पेट भर्ने हो थाहा छैन। कोरोनाका कारण गरिएको लक डाउनले थलिएको अर्थतन्त्र खै कस्तो छ म त जान्दिन। हुन त चुनावको विरोध गरौं भने सरकार विरोधीको बिल्ला भिराईन्छ होला तर पनि म हजुरको नेपाल देशको अति सामान्य र निम्न वर्गको नागरिक भएको नाताले एउटा प्रश्न सोध्न अनुमति माग्दछु।

महामहिम राष्ट्रपति महोदय? जब हामी जनताले पाँच वर्ष सत्ता सञ्चालन गर्नका लागि चुनावमा बहुमत दिएर पठाएपछि फेरि यो चुनाव गर्नुपर्ने किनरु अनि अहिलेको चुनाव महङ्गो छ खर्च कसले बेहोर्छरु खर्च सरकारले बेहोर्छ स्वतस् यही जवाफ आउँछ तर चुनावमा सरकारले खर्च गर्ने खर्च आउने स्रोत के होरु ती खोलाका तिरमा बसेर ढुङ्गा गिटी फोर्ने मजदुरले तिरेको कर सामेल हुन्छ कि हुँदैनरु सदियौंदेखि महिला हिंसा खेप्दै आएका नेपाली महिला आज पनि कुनै न कुनै रुपमा प्रताडित छन्। यहाँ केही हुनेखाने, पढेलेखेका र सम्भ्रान्त परिवारलाई हेरेर खुब व्याख्या गरिन्छ। राष्ट्रपति नै महिला छन् अझ महिलाले अवसर पाएनन् भन्न लाज लाग्दैनरु भनेर मैले पनि खप्की त कति खाएँ कति। महामहिम म हजुरलाई शहरका सम्पन्न महिलाहरुका लागि गुहार्दिन। आज पनि बिकटका हाम्रा गाउँघरमा महिला उतिकै हिंसामा परेका छन्। अचेल सबैभन्दा बढि महिला हिंसामा युवाहरु नै बढी उद्यत छन्। महिला माथिको हिंसा पुरुषबाट मात्रै भएको हैन महिलाबाटै महिला हिंसा पनि प्रशस्तै भएका छन्। महिला हिंसाका रुप फरकफरक छन्। शाब्दिक हिंसा पनि एउटा हिंसा हो। अस्ति भरखरै हजुरमाथि पनि एउटा जिम्मेवार महिला नेतृबाट शाब्दिक हिंसा भयो। नदीको दुई किनाराबाट पाखुरा सुर्का(सुर्की समेत भयो। महामहिम राष्ट्रपति महोदय, हजुरमाथि भएको शाब्दिक हिंसाको मैले पनि विरोध गरेकी छु अझै पनि गर्छु। चाहे जोसुकैले गरोस् हिंसा भनेको हिंसा नै हो। हजुरको सुरक्षार्थ हिंसा गर्ने व्यक्तिलाई पक्राउ गरि तुरुन्तै कारवाहि होस् भनेर एउटा सांगठनिक महिला मोर्चाले न्याय मागेको छ। महामहिम राष्ट्रपति महोदय, हजुर त राष्ट्रकै अभिभावक। हजुरका लागि अरुले न्याय मागिदिनु पर्ने भए निर्मला, पूजा, गुलाव, सम्झना, रुवीना र अब भागरथीका लागि कसले कहाँ पुगेर न्याय मागी दिनुपर्ने होरु औसतमा यहाँ दैनिक ६ जना बालिका बलात्कारको शिकार भएका छन्। ती कलिला कोपिला फक्रन नपाई निमोठिएका छन्। तिनको न्यायका लागि खुना भण्डारीले रगत बगाई राख्नुपर्ने हो किरु हजुरका पतिसँगै त्रिशुलीमा प्राण गुमाउने जीवराज पत्नीलाई सोधौं कि हजुरलाईरु जब जिम्मेवार पदमा बसेर पनि एकपल्ट मुख खोल्न पाईंदैन भने त्यो दानको पदमा बसेर किन हिंसा सहनेरु प्रधानमन्त्री र राष्ट्रपतिको जिम्मेवारी फरक हुन्छ तर पनि हजुर त महिला मुक्ति अधिकारका नारा लिएर हिजो संगठन बनाउन हिड्नु भएको हैन ररु हजुरको मौनता देख्दा मलाई त लाग्छ यति निरीह बनेर सुख सयलमा बस्नुभन्दा खुलेर जनता बनेर गोरेटोमा शानले हिड्नु नै स्वाभिमान हो। कमसेकम छोरीहरुको बाँच्न पाउने हिंसा रहीत समाजको निर्माणका लागि केही ठोस कदम त चालिदिनुस। अझै पनि हाम्रो आशा मरेको छैन। हजुरको सुरक्षार्थ उठेको समूह कहिले भागरथीहरुका लागि बोल्छरु हामी पर्खि रहेका छौं। जदौ?