Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

४ दलले राष्ट्रपतिलाई टेरेनन्

११ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

 आफूलाई भेट्न आएका प्रचण्ड र सभामुखलाई बोलाएरै राष्ट्रपति डा.रामवरण यादवले केही समय लागे पनि लागोस्, असन्तुष्ट र संसद बाहिरका राजनीतिक शक्तिहरुलाई पनि समेट्नुस् भनेर दिएको सुझावलाई चार दल र सभामुखले लत्याइदिएका छन्। उनीहरुले साउन ३१ मै संविधान जारी गर्ने सहमति गरेका छन्।
राष्ट्रपतिले संविधानका आउनैपर्छ भनेर जनताले उत्साहपूर्ण सहभागिताका साथ सुझाव दिएकाले ती जनसुझावको सम्मान पनि हुनुपर्छ भनेका थिए। तर चार दलले सिमांकन पछि गर्ने, धर्मका सम्बन्धमा धार्मिक स्वतन्त्रता लेख्ने र शासकीय स्वरुपलाई नचलाउने निधो गरेका हुन्। राष्ट्रपतिले सबैलाई पर्याप्त र उपयुक्त समय उपलव्ध गराउनुहोस् भनेर दिएको सुझावलाई अटेर गरेर चार दलले संविधान जारी गर्न अवरोध आउनसक्छ भन्दै संविधान जारी गरिहाल्ने मतो मिलाएका हुन्।