Advertisement Banner
Advertisement Banner

२५ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

अफतावलाई छुटाउँछु

२४ सोमबार , फाल्गुण २०७७६ बर्ष अगाडि

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विष्णु महायज्ञको उद्घाटन गर्न रौतहट पुग्नुहुन्छ र भन्नु हुन्छ– धैर्य गर्नोस्, अफतावलाई छुटाउन लागिरहने छु, भोलिका दिनमा परिस्थिति बदलिन्छ । निर्धक्क बस्नोस् । कांग्रेसीहरू यो महावाणी सुनिरहन्छन् । कस्तो अचम्म ?
दर्जनौं ज्यूँदा मान्छेलाई इटाभट्टामा दाउरा र कोइलासँगै जिउँदै जलाउने आरोपमा रौटहट क्षेत्र २ का सांसद मोहम्मद अफताव आलमलाई अदालतले थुनामा पठाएको छ, उनी थुनामा छन् ।
पहिलो संविधानसभाको अघिल्लो दिन २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा नेपली काँग्रेसका नेता शेख इद्रिसको घरमा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम बिस्फोट हुँदा घाइते भएकाहरूलाई उपचार गर्नुको सट्टा पोल खुल्ला भन्ने भयका कारण उनले जिउँदै इट्टाभट्टामा जलाएका थिए । यिनै आलमले आम निर्वाचनमा १८ हजार ८ सय ३३ मत ल्याएर चुनाव जितेका थिए । यस्ता छन् जनता र नेता नेपालमा ?