Advertisement Banner
Advertisement Banner

२५ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

पूर्वराजा हरिद्वारको कुम्भभेला भर्दै

२३ सोमबार , चैत्र २०७७६ बर्ष अगाडि

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्ववडामहारानी कोमल राज्य लक्ष्मी देबी शाहका साथमा चैत २६ गते भारत भ्रमणमा जाँदै हुनुहुन्छ । डा. फणिराज पाठकले पठाउनु भएको विज्ञप्ति अनुसार पूर्वराजा ज्ञानेन्द्र, पूर्वमहाराजनी कोमल राज्य लक्ष्मी देवी शाहलाई भारतको हरिद्वारमा हुने महाकुम्भ मेलामा सहभागी हुन महाकुम्भ मेला विशेष समितिबाट विशेष निमन्त्रणा प्राप्त भएकाले त्यसतर्फ जानुहुने जानकारी सार्वजनिक गर्नुभएको छ ।
तर राजनीतिक वृत्तमा पूर्वराजाको कुम्भमेला जाने यो जानकारीलाई अर्थपूर्ण रुपमा पनि लिइएको छ । यसअघि पूर्वराजा झापा मुकाम बनाएर दार्जीलिङलगायतका विभिन्न भागमा भ्रमण गर्नुभएको थियो । अहिले हरिद्वारमै पुग्ने अवसरमा भारतीय शासक, प्रशासकसँग विशेष भेटवार्ता हुने अनुमान गरिएको छ ।