Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

देउवामार्फत मोदीको नया सुझाव

१८ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

वाशुदेव वाग्ले
दिल्लीले कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवालाई किन बोलायो? नेपालमा संविधान निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र केही हप्तामै संविधान जारी गर्ने तैयारी पनि भएको छ, यो अवस्थामा संविधानका प्रमुख पात्र प्रचण्डपछि देउवालाई बोलाउनु रहस्यमय मानिएको छ। श्रीमती आरजु देउवासहित साउन १५ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट गरेका नेता देउवाले मधेसी दलहरुलाई पनि समेटेर संविधान निर्माणमा जुटेको जाहेरी चढाए। हुनसक्छ, मोदीलाई खुशी पार्नका लागि देउवाले यो तुरुपको एक्का पहिले नै फेकेका हुन्। मोदी गदगद भए र उनले सुझाव दिए– सबैले अपनत्व ग्रहण गर्नसक्ने गरी संविधान जारी गर्दा नेपालको स्थिरता, शान्ति र समृद्धि प्राप्त हुनेछ। मोदीको सुझावबाट दङ्ग परेका नेता देउवाले महाकाली सन्धिको कुरा उठाए। कार्यान्वयन गर्न भारतले सघाउनु पर्ने प्रस्ताव पनि गरे। तर, लिपुलेकका बारेमा भारतको पक्ष लिएका देउवाको राजधानीमा व्यापक आलोचना भयो। लिपुलेक नेपालकै हो। भारत, चीन र नेपालको त्रीपक्षी सहमति नभईकन लिपुलेक भारत र चीनकोमात्र व्यापारिक केन्द्र बन्न सक्दैन भनेर तीतो र तीब्र प्रतिक्रिया उठेको छ। आखिर नेताहरु किन दिल्ली जाने र लठ्ठ पर्ने गर्छन्?