Advertisement Banner
Advertisement Banner

२५ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

१८५७ का लप्टन

११ सोमबार , आश्विन २०७८५ बर्ष अगाडि

प्रकाश रायमाझी- - - - 
कर्नेल ‘बहादुर’ गम्भिरसिंह माझी 
भारतमा ब्रिटिस साम्राज्य, उत्तर भारतमा सिपाही विद्रोह भएपछि अङ्ग्रेजले नेपालसँग सहायता माग्यो । जङ्गवहादुर आफै १७ हजार सेनाका साथ विद्रोह समन गर्न गएका थिए । गोरखापुर, जोमपुर, लखनउ, पिरसाहेबगञ्ज, बेलवा, जलालपुरमा भएको यो महासङ्ग्राममा ५ हजार विद्रोही मारिए, हजारौं समातिए । युद्ध समाप्त भएपछि अंग्रेज खुशी भयो, १८ नोभेम्वर १९६० मा एक सहमति भयो र नेपालले १८१६ मा गुमाएको राप्तिदेखि महाकालीबीचको नयाँ मुलुक फिर्ता ल्यायो । पाल्पामा जन्मेका गम्भिरसिंह माझी छेत्री सन १८५७ मा श्री सेर गणका लप्टन (लिउटिनेन्ट), भारतमा भएको सिपाही बिद्रोहको नियन्त्रण गर्न गएको बिशाल फौजमा लप्टन गम्भिर पनि थिए । भारतको जउनपुरबाट ३६ माईल टाढा चन्दा भन्ने ठाउँमा ठूलो युद्ध भयो । युद्ध रातमा भयो र उनी फौजबाट हराए । 
त्यसपछि उनलाई धेरै दुस्मनले घेरेर मार्न लाग्दा उनले कम्मरको खुकुरी झिकेर ५ जनालाई काटे पछी दुस्मन भागे । एउटा तोप पनि खोसे । उनको पेटमा दुस्मनको तरबारले काटिदा पेटको आन्द्रा भुँडी बाहिर निस्केकोले उनले आफुले बोकेको झोलाबाट कचौरा निकालेर आन्द्रा भुँडी लाई कचौरामा सोरेर पेटभित्र छिराइ पटुकाले काटिएको पेटलाई बाधि घिस्रिदै आफ्नो फौजसँग मिल्न पुगे । यो बहादुरिता  पत्याइ नसक्नु थियो । उनलाई तुरून्त ब्रिटिश सेनाको अस्पातल पु¥याइयो, उपचार गरियो । उनी बाँचे । यो अकल्पनीय साहासको सम्मान गर्दै प्र म जङ्ग बहादुरले उनलाई नामको अगाडि ‘बहादुर’ लेख्न पाउने मान (खिताब) र कप्तान ( क्याप्टेन) दर्जा दिएका थिए । ब्रिटिश सरकारले पनि उनलाई तक्मा दियो । 
लामो आयु पाएका बहादुर गम्बिर सिंह माझीले पछि रायमाझी लेख्न थालेको देखिन्छ । पछिसम्म पनि उनलाई राणाहरूले ‘माझी कर्नेल’ भनेर बोलाउँथे र उनी कमाण्डर कर्नेल (क क) बाट निबृत्त भएका थिए । यस्ता वीरलाई सम्झने कसले ?