Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

अशोक मेहताजी, खुकुरीभन्दा कर्द हान्ने?

०७ सोमबार , भाद्र २०७२११ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ
कुनै पुस्तकमा कर्नल गौतमले लेखेका छन्: भारतले १९५० मै नेपाललाई भारतमा नमिलाएर हिमालय भूल गरेको थियो। जतिसक्दो चाँडो त्यो भूल सच्याउनुपर्छ। लाग्छ, ती कर्नल गौतमले आफ्नो पुस्तकमा जे लेखेका छन्, त्यही बोलिरहेका छन् भारतका बहालवाला र भूतपूर्व सैनिकहरुले पनि। हालै काठमाडौं आएका थिए पूर्वभारतीय सैनिक जनरल अशोक मेहता। उनले काठमाडौ नै आएर भनिदिए– लिपुलेक नेपालको भूभाग होइन। लिपुलेक नेपालकै हो भनेर दावी गर्ने राजनीतिक पार्टी, नेता र सीमाविदहरु निकै होहल्ला गरिरहेका बेलामा भारतीय पूर्वसैनिक आएर लिपुलेक नेपालको होइन भन्दा पनि कसैले सामुन्ने उभिएर प्रतिवाद नगर्नु देशका लागि हानिकारक हुनपुगेको छ।
१९७५ मा भारतले सिक्कम खायो। चीनले अहिलेसम्म मान्यता दिएको छैन। तर अशोक मेहता भन्छन्: नाथुला नाकाबाट व्यापार भइरहेको छ, लिपुलेक लिनु वा नलिनुको सवाल होइन, चीन र भारतवीच व्यापार भइरहेको छ। लिपुलेकबाट व्यापार गर्ने कुरा मात्र हो। यस्ता थुप्रै नाका छन्, जहाँबाट हामीले व्यापार गरिरहेका छों। लिपुलेक नेपालको होइन भन्ने, फेरि व्यापारको मात्र कुरा हो पनि भन्ने। आखिर अशोक मेहता नेपालीलाई किन भ्रम छरिरहेका छन्?
मेहता भन्छन्: लिपुलेकबारे नेपालमा मात्र विवाद भइरहेको हो। यथार्थमा यो विवाद धेरै पहिले नै समाधान भइसकेको छ। लिपुलेकलाई राजनीतिक भकुण्डो बनाउन खोजिएको छ। उनको प्रश्न छ– किन लिपुलेकबारे नेपालका कम्युनिष्टमात्र कुरा उठाउँछन्? कांग्रेस लिपुलेकबारे किन कुरा उठाउँदैन? किन एमाले, माओवादीमात्रै लिपुलेकको पहाड चढ्न खोज्छन्? पहिले वामदेवले यो कुरो उठाए, अहिले मोहन वैद्यले लिपुलेक चढ्न खोजिरहेका छन्? हो, अव नेपालका सबै राजनीतिक दलहरुले संविधानमात्र होइन, संघीयतामात्र पनि होइन, नेपालको सीमाका बारेमा पनि स्पष्ट सीमारेखा कोरेको एकमत, एकआवाज र एक निर्णयका साथ संविधान जारी गर्नसक्नुपर्छ। हिम्मत देखाउ। यसैवीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत लिपुलेकको विवादमा दुबै देशका वीच वार्ताबाट समस्याको हल गर्ने भनेका छन्, मेहता किन अनभिज्ञ ?