Advertisement Banner
Advertisement Banner

३० मंगलबार, असार २०८३13th July 2026, 9:36:25 am

कोभिडबाट बचौं बचाऔं

२४ सोमबार , माघ २०७८४ बर्ष अगाडि

देवी काफ्ले–  -
नारी शक्ति हुन्, सृष्टिकर्ता हुन् ।कांधमा भएको जिम्मेवारी बखुबी निभाउन सक्ने क्षमतावान मानव हुन् ।हो नारी समय अनुसार धेरै भूमिका निर्वाह गर्न सक्ने क्षमता प्रदान भएको छ । नारी आमा हुन्, नारी श्रीमती हुन्,नारी छोरी हुन्, बुहारी हुन् समय अनुसार उनी साथी बन्छिन्, प्रेमिका बन्छिन्,सेवक बन्छिन्,नर्स बन्छिन्,शिक्षक बन्छिन्,समाज सुधारक बन्छिन्,समय अनुसार उनी पुजारीनी पनि बनिदिन्छिन् ।
आज विश्व कोरोना महामारीको चपेटामा छ । एक बर्ष पुग्दा कोरोना भाइरस बिलय होला भन्ने आशा थियो तर झन् बिकराल बनेर विभिन्न रूपमा झांगिदै आएको छ । यसको कुनै निराकरण गर्ने औषधि बनेको छैन । बिश्वका शक्तिशाली देश औषधि उत्पादनका लागि मरिमेटेका छन् तर गन्तब्यमा पुग्न सकेका छैनन् । यसबाट बच्ने सर्वोत्तम उपाय भनेकै भिडभाडमा नजानु,धेरै मानिसहरूको सम्पर्कमा नजाने, स्वस्थ्यकर खाना र झोलिलो पदार्थ खाने भनिन्छ ।
अहिले भारत एशियाली मुलुककै पहिलो नंबरमा कोरोना संक्रमित देश बनेको छ । अक्सिजन अभाव भैरहेको छ । मान्छे मर्ने क्रम दिन ब दिन उच्च शिलशिलामा छ । मान्छेको मृत्यु यति भएको छ कि अहिले लास जलाउन बाटोमा लाशको लामबद्ध छ,दाउरा खोसाखोस छ ।यसको असर नेपालमा नपर्ने कुनै गुन्जायस नै छैन । सिमाना खुला छ । दैनिक मानिसहरूको आवतजावतको भिड छ । नेपालीहरूको रोजगारीको सहज र सरल गन्तव्य भारत नै हो ।देशमा रोजगारी लगभग शून्य अबस्था छ क्यारे । हाम्रो पश्चिम र सुदुरपश्चिमका प्राय युवाहरू भारत जान बाध्य छन् । त्यहाका दुख पिडा बेथा त छुट्टै छन् अनि कोरोनाले जब उग्र रूप लिन्छ घर फर्किनु त पर्यो नै । एक त खुला सिमाना अर्को घर फर्किने मानिसको भिडले भारतमा तहल्का मच्चाएको कोरोना नेपाल नभित्रिने प्रशंगै भएन ।त्यसैले अहिले सिमानाका जिल्लाहरू आक्रान्त छन् ।
हस्पिटलमा पर्याप्त मात्रामा अक्सिजन छैन । ब्यवस्थापन फितलो देखिएको छ ।
सरकारले सर्वसाधारणलाई २५ जना भन्दा बढी भेला नहुन निर्देश गरेको छ ।स्कुल बन्द नगर्ने भन्छन् शिक्षामन्त्री । बैशाख ११ गते बुटवल ,शंकरनगर स्थित प्यारामाउन्ट बोर्डिङ स्कुलमा अध्ययनरत छात्राले उच्च ज्वरोका कारण ज्यान गुमाईन् । भारतमा कुम्भ मेला भर्न गएका पूर्व राजा ज्ञानेन्द्र श्रीमती सहित संक्रमित भए । त्यसैगरी पाल्पा रामपुरबाट सोही मेला भर्न गएका केही ब्यक्तिहरूलाई पनि संक्रमण भयको खबरले स्थान पायो ।
अब हामी सुरक्षित रहने कसरी ?
मलाई लाग्छ यसो न्युनिकरणका लागि हामी नारीहरूको प्रमुख भूमिका हुन्छ हामी सहजै रूपमा कम गर्ने प्रयासमा लाग्नुपर्छ । अब नारीहरूले ती सबै रूपमा उत्रनु पर्छ ।घरको जिम्मेवारी नारीको कांधमा हुन्छ भनेर अघि नै भनिसकें । प्रायः नारीका सकारात्मक सुझावहरू हरेक घरमा लागू हुन्छ । आफुले सेवा गरेका सासुससुरालाई अन्य घरका जेष्ठ नागरिकलाई मन्दर, धार्मिक प्रवचन हुने ठाउँहरूमा जानलाई रोकेर घरमै पुजा गर्ने रेडियो टिभीबाट धार्मिक प्रवचन सुन्ने ब्यावस्था मिलाईदिईन भने जेष्ठ नागरिकमा रोग कम सर्ला । यसरी ब्यावस्थापन गरियो भने बुढाबुढी पनि खुशि कोरोना पनि गेट बाहिर ।
छोराछोरी प्राय घरमा बस्न रूचाउदैनन् । तर उनिहरूलाई सम्झाउन केवल आमाले नै सक्छिन् । बाबुनानी बाँचिएछ भने पछि घुमौला, बरू घरमा नयाँ सृजनात्मक काम गरौं न । गित गाउँ, नाच, गमला वा बारीमा फूल रोप, नयाँ नयाँ परिकार पकाउ अनि पत्रपत्रिका पढ, समाचार सुन अनि दुनियामा घटेका राम्रा नराम्रा घटनाहरूको बिवरण तयार गर यसबाट देश दुनियाको परिस्थिती बुझ्ने छौ भनेर आफु पनि सहयोगी बनिदियो भने छोराछोरी पनि घरमा सुरक्षित कोरोना गेट बाहिर ।
दैनिक अफिस जानुपर्ने श्रीमान मास्क, सेनीटाइजर लगाएर सुरक्षित भएर जाने गर्नुहुन्छ तर उहाँ कति सुरक्षित हुनुहोला ? पब्लिकको चाप हुने अफिसमा झन् सुरक्षित हुने कुरै भएन त्यसैले उहाँलाई उर्दी जारी गर्नु पर्यो घरमा आउनासाथ बाथरूम जान । दैनिक रूपमा कपडा धोएर लगाउने । अनि दिनभरीको अफिसको थकान पछि बेलुकातिर यसो मिलनचोकतिर निस्कन मन लाग्छ भने मिलनचोकमा पाइने खानपानका कुरा घरमै खानुस सकुशल रहियो भने कोरोना निर्मुल भएपछि जानुहोला भनेर रोक्नु पर्यो । जानाजान कोरोना लिन त पक्कै जानुहुनेछैन । हामी नारी ! हाम्लाई पनि त बाहिर निस्कन मन लाग्छ फ्रेस हुन मन लाग्छ । त्यसका उपायहरूलाई हामी उत्पादनशिल काममा लगाउन सक्छौं । परिवारमा रमाइलो वातावरण सृजना गर्न सक्छौं । जस्तै गित गाउनु,सजावट गर्नु,नाच्नु र सबैभन्दा आनन्द लिने उपाय त कौसी होस् वा वारीमा लगाईएका फुलसँग खेल्नु हो ।
बालिकाको आचरण नियालीरहेकी हुन्छे । आजकल टिनएजर युवायुवती डेटिङ धाउन खुब रमाइलो मान्छन् । उनीहरूलाई जुन डेटिङ आज जान्छौ त्यसलाई पोसपोन्ड गर, जीवन बार बार पाइदैन, एकैपल्ट हो यो अमूल्य छ हामीलाई तर कोरोनाले चान्स मार्यो भने भोलि बाबुआमालाई रूवाउने र सपना अधुरै छोडेर जान बाध्य पार्नेछ । पक्कै पनि जीवनको मोह छ उनीहरूलाइ रोकिन्छन् ।
सबैभन्दा कठिन कामकाजी श्रमिक महिलाहरूका लागि छ यो समय । घरपरिवारको स्वास्थ्य, खानपान, सेवास्याहार गरेर पनि अफिस जानुपर्ने हुन्छ । अरूलाई त बचाउन हरसम्भव प्रयास गर्दा गर्दै आफु कसरी बाँंच्ने ? कसरी सुरक्षित रहने ?
अर्का बिहान बेलुका ज्यालादारी काम नगरी बिहान बेलुकाको चुल्हो बल्दैन ।जसले काममा जांदा बच्चा बोकेर जानुपर्छ । अब यी दुबैथरी श्रमिक महिलाका लागि सबैभन्दा ठूलो सुरक्षा हो आत्मबिश्वास । यी महिलाहरूले परिवारको स्वास्थ्यका साथै आफ्नो खानपानमा उतिकै ख्याल राख्नुपर्छ । म बाँचे भने अरूलाई पनि बचाउन सक्छु भन्ने दरिलो आत्मबिश्वास लिए भने पक्कै कोरोनाबाट केही सुरक्षित रहन सक्छन् । सबैभन्दा कठिन कामकाजी श्रमिक महिलाहरूका लागि छ यो समय । घरपरिवारको स्वास्थ्य, खानपान, सेवास्याहार गरेर पनि अफिस जानुपर्ने हुन्छ । अरूलाई त बचाउन हरसम्भव प्रयास गर्दागर्दै आफु कसरी बाँच्ने ? सुरक्षित रहने ?
अर्का बिहान बेलुका ज्यालादारी काम नगरी बिहान बेलुकाको चुल्हो बल्दैन ।जसले काममा जान्दा बच्चा बोकेर जानुपर्छ । अब यी दुबैथरी श्रमिक महिलाका लागि सबैभन्दा ठूलो सुरक्षा होआत्मबिश्वास । परिवारको सेवामा तल्लिन हुदा आफैलाई बिर्सिदिन्छन् । यी महिलाहरूले परिवारको स्वास्थ्यका साथै आफ्नो खानपानमा उतिकै ख्याल राख्नुपर्छ । म बाँचे भने अरूलाई पनि बचाउन सक्छु भन्ने दरिलो आत्मबिश्वास लिए भने पक्कै कोरोनाबाट केही सुरक्षित रहन सक्छन् ।
यहाँ हामीले रोक्न नसक्ने भनेको राजनितीका नाममा उद्घाटन,सभा,समारोहमा उपस्थिती जनाउने जनतालाई हो । यसपाली मलाई लाग्छ सबैभन्दा कोभिडलाई उत्तेजित पार्ने यिनै हुन् । जनतालाई पटकपटक दायरामा रहन अह्राउने तर नेतृत्वगण कसका धेरै सदस्य भनेर प्रदर्शनी गर्ने ।अब हरेक घरका महिलाहरू आफ्ना राजनैतिक सभामा जान लागेका श्रीमान, छोराछोरीलाई रोक्नुस् । सक्नुहुन्छ । यसरी हामीले केही नियम घरमा लागू ग¥यौं भने पक्कै कोभिड गेटभित्र छिर्ने छैन ।