Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

तारागाउको १४८ रोपनी खोई ?

१६ सोमबार , जेठ २०७९४ बर्ष अगाडि

काठमाडौं । निकै फुर्तिला मन्त्री प्रेमबहादुर आलेले सगौरव भनेका थिए– तारागाउँ विकास समितिको नाममा रहेको १४८ रोपनी जग्गा फिर्ता ल्याउँछु । पुसमा यसो भने जेठमा आइपुग्दा यो कुरा उठाउनै छाडे, कतै सेटिङ् गरेर लेनदेन मिलाएको त होइन ? प्रश्न उठेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेमबहादुर आलेले सरकारी १४८ रोपनी जग्गा तारागाउँ विकास समितिले आफ्नो नाममा पारेको  भनेका थिए । नेपाल सरकारको जग्गा कुनै व्यक्ति, कुनै प्राइभेट कम्पनीमा राख्न मिल्दैन, फिर्ता ल्याउँछु ।
संसदको समितिमा निर्देशन पालना गर्नेछु भन्ने प्रेम आले त्यो १४८ रोपनी जग्गा कसरी फिर्ता ल्याउने, आयो आएन, पटक्कै बोल्दैनन् । संसदको समितिमा पनि कुरा उठ्न छाडेको छ । व्यापारीहरूसँग सेटिङ नमिल्दा बोल्ने र मिलेपछि मौन बस्ने नेताको बानी छ ।
मन्त्री प्रेमबहादुर आले राजदरवारभित्रको रेष्टुरेण्टदेखि पशुपतिलगायतका विभिन्न मठमन्दिरमा व्यवसायीको हस्तक्षेपबारे कडा कदम चाल्ने मन्त्रीका रूपमा देखा परेका थिए, हिजोआज उनको स्वर सुकेको छ, कतै पनि उनले राम्रो काम गरेको चर्चा आउन छाडेको छ । पालिका निर्वाचनमा यिनले व्यवसायीबाट मोटो रकम उठाएको आरोप पनि लागेको छ । संसदको चुनाव आउँदैछ, चन्दाकै लागि मौन बसेको अर्थ पनि केही विश्लेषकले लगाउन थालेका छन् । अदालतले निजगडमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश दिनुअघि यिनै मन्त्रीले बजेट अभाव भएको अभिव्यक्ति दिएका थिए ।  विमानस्थल निर्माणका लागि ८ हजार ५० हेक्टर जमिन विमानस्थलको नाममा आइसकेको भएपनि बजेट अभावका कारण काम गर्न गाह्रो भएको भनेको केही दिनमै यो योजना रोकिएको छ ।