Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

झलनाथ राष्ट्रपति बन्न कस्सिए

०२ शुक्रबार , माघ २०७११२ बर्ष अगाडि

काठमाडौं। अक्सर मौका ढुकेर बस्ने र कम बोल्ने झलनाथ खनाल ओलीलाई प्रधानमन्त्री बनाउन आक्रोसित मुद्रामा प्रस्तुत हुनथालेपछि एमालेबृत्तभित्रै उनी राष्ट्रपति बन्ने मैदान तैयार गर्न थालेको अनुमान हुन थालेको छ। खनाल निकट भन्छन्: सकभर संविधान घोषणा गरेर र नभए प्रक्रिया थालेर सुशीललाई विश्राम दिने र ओली प्रधानमन्त्री बन्नासाथ झलनाथ खनाल राष्ट्रपति बन्नेछन्। ओलीले खनाललाई बचन दिएको चर्चा पनि व्याप्त छ। भनिन्छ, एमाओवादी अध्यक्ष प्रचण्ड राष्ट्रपतिका लागि सहमति गरे संविधान निर्माणमा सहमति गर्न तैयार छन्। तर ओलीले यो मौका प्रचण्डलाई नदिने निर्णय गरिसकेका छन्। यही कारण एमालेको चर्को भाषण सुन्नेहरु ओली बोलेको हो कि झलनाथ भनेर छुट्याउन नसक्ने अवस्था सिर्जना भएको छ। खनालको बोलीमा सद्भाव पटक्कै देखिन छाडेको छ। सहमति नगर्ने भए पेलेरै जानुपर्छ भन्ने अडान खनालको छ।
माघ २ गते झलनाथ खनालले भने: मुलुकमा १२५ जाति छन्, जातीय राज्य कसरी सम्भव छ? भनेर प्रश्न उठाए। पहाड, हिमाल र मधेस अलग हुनै सक्दैन, एक मधेस एक प्रदेश पनि मान्य छैन। खनाल तत्काल प्रक्रिया अघि बढाएर संविधान दिनुपर्ने धारणालाई बल दिइरहेका छन्। आखिर किन? राष्ट्रपतिकै लागि होइन त?